किरात याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा ‘बलिहाङ कप’ चौथो संस्करण फुटसल प्रतियोगिता को पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न !

इजरायल बिसेष

इजरायल।

किराँत याक्थुङ चुम्लुङ (केवाईसी)ले आयोजना गरेको फुटवल प्रतियोगिताको पत्रकार सम्मेलन यही गत तारिख १३ सेप्टेम्बर शुक्रबार बेलुका तेलअभिवको लेबेन्सकी -९९ /८ औं तलामा सम्पन्न भएको छ।

 

लिम्बु ( याक्थुङ)हरुको मौलिक चाड वलिहाङ तङनाम (तिहारको )शुभ अवसरमा “किराँत याक्थुङ चुम्लुङ” (केवाईसी) इजरायलको आयोजकत्वमा “एकता र मित्रताको लागि फुटबल” भन्ने नाराका साथ हुन् गईरहेको चौथो संस्करण २०१९ वलिहाङ कप फुटस्ल प्रतियोगिताको पत्रकार सम्मेलन कार्यक्रम (केवाईसी) ले १३ सेप्टेम्बरमा गरेको हो।

 

उक्त पत्रकार सम्मेलन कार्यक्रममा वलिहाङ कप २०१९ फुटसल प्रतियोगिताको आयोजक टिम किराँत याक्थुङ चुम्लुङ (केवाईसी) इजरायलका अध्यक्ष अवी कुमार आङ्देम्बेको प्रमुख अथिति रहेको थियो भने विशिष्ट अथितीमा फुटसल प्रतियोगिताका संयोजक नयन इम्सोङ, पुर्व राष्ट्रिय फुटवल खेलाडी सुन्दर नेपाल ,र इजरायलमा रहेका बिभिन्न फुटवल टिमका कोचहरु ,अनलाइन मिडियाका पत्रकार सम्पादक ज्युहरुको उपस्थिति रहेको थियो।

 

पत्रकार सम्मेलन कार्यक्रममा किराँत याक्थुङ चुम्लुङ (केवाईसी) इजरायलका अध्यक्ष अवी कुमार आङ्देम्बे,पुर्व राष्ट्रिय फुटवल खेलाडी सुन्दर नेपाल लगयातअन्य उपस्थिति अथितिहरुले आ-आफ्नो तर्फबाट मन्तव्य शुभकामना र खेलप्रेमी खेलाडीहरुलाई प्रोत्सहान र हौसला दिनुभएको थियो ।र बलिहाङ कप २०१९ फुटसल प्रतियोगितामा ६ टिमले सहभागिता जनाएका छन।

 

पत्रकार सम्मेलनको पुरा भिडियो हेर्नको लागि यँहा क्लिक गर्नुहोला

बलिहाङ कप २०१९ फुटसल प्रतियोगिताको नियमहरु :-

आयोजक टिमले फुटसल खेल अन्तर्गत रहेर र यँहाको खेलमैदानको परिस्थिति अनुसार नियमहरु तयार पारेको र सोहि अन्तर्गत फुटसल प्रतियोगिता हुने बताएको छ ।

 

१ ) खेल ५ ए साइड हुने भएकोले ५ जना खेलाडी र २ जना अतिरिक्त्त खेलाडी सहित ७ जना खेलाडी हुनु पर्ने साथै टिम क्याप्टेन र टिम म्यानेजर् गरि जम्मा ९ सदस्यीय टिम रहनु पर्ने छ ।

२ )खेल अबधि २०- -२० गरि जम्मा ४० मिनेटको खेलाइने छ,र १० मिनेटको रेस्ट टाइम रहने छ ।

३ ) निर्धातित समयमा कुनै नजिता नआए ३-३ जना बाट पेनाल्टी प्रहार गरि नतिजा निकालिनेछ । यदी पुन : नतिजा नआएमा टस गरि नतिजा निकालिने छ ।

४ )सम्पूर्ण टिमका खेलाडी हरुले नम्बर अंकित जर्सी सेट ,फुटसल बुट क्याप्टेनको आर्मबेण्ड र गोलकिपरले ग्लोव्स अनिवार्य लगाउनु पर्ने छ साथै हरेक टिमले आफ्नो क्लबको ब्यानार र बल पनि अनिवार्य ल्याउनु पर्ने छ ।

५ )यदी सहभागी टिमको जर्सीको कलर मिल्न गएमा टस गराई आयोजकले उपलब्धि गराइदिएको जर्सी लगाउनु पर्ने छ।

६ )गोल किपरले आउट बल प्ले गर्दा सेन्टर लाइन भित्रै प्ले गर्नु पर्नेछ तर गोलकिपरले आउट बल बाहेक अन्य बल प्ले गर्दा सिधै पोल वा आफै अघाडी बढाएर पनि प्रहार गर्न पाउने छ ।

७ )बल ले साइड -साइडको फलामे रेलिंग छुए बिपक्षि टिमलाई आउट बल प्रहार गर्न दिईनेछ आउट बल प्रहार गर्दा बललाई भुइँमा राखेर प्रहार गर्नुपर्ने छ ।खेलको दौरान फलामे रेलिंगको साहयता लिएको पाइएमा फल दिइनेछ र बिपक्षि तिम्लाई बल भुइँमा राखेर प्रहार दिईनेछ।

८ )सम्पर्ण टिमका खेलाडीहरुले खेल भावानाको कदर गर्दै अनुशासित भइ खेलमा सहभागी हुनुपर्ने छ ।साथै खेल खेल्न अघि र खेल अबधिभरि मादक पदार्थ सेवन गरेको पाईएमा खेलमा समावेश हुन् दीइने छैन ।

९ )खेलमा रेफ्रीको निर्णय नै मान्य हुनेछ र कूनै पनि किशिमको बादविवाद भएमा आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ ।

१० )खेल अनुशासनहिन या रफ खेलेमा रेफ्रीले परिस्थिति अनुसा पहेलो वा रातो कार्ड दिन सक्ने छ पहेलो कार्डको २० सेकेल र रातो कार्डको ४० सेकेल जरिवाना लाग्ने छ उक्त जरिवाना रकम डिपोजिट रकम बाट काटिने छ ।

११ )खेलको दौरान खेलाडीलाइ कुनै किसिमको चोटपटक लागे या घाइते भए खेलाडी स्वयंले जिम्वेवारी हुनेछ ।

१२ )यसै प्रमिटकै दौरान प्रतियोगितामा सहभागिता जनाउने टिमले टिम दर्ता शुल्क ७०० सेकेल र १०० सेकेल डिपोजिट गरि जम्मा ८०० सेकेल बुझाइ आफ्नो टिम दर्ता गर्नु पर्ने छ ।

१३ )खेलमा सबैलाई समेट्ने तथा धेरै टिमको सहभागीता रहोस भन्ने हेत्तुले टिम दर्ता को अन्तिम मिति अक्टोबर ४ तारिख शुक्रबार सम्म रहनेछ ।

१४ ) सहभागी टिमले आफ्नो खेलाडीहरुको नामावली अक्टोबर ७ तारिख भित्र आयोजकलाइ बुझाइ सक्नु पर्ने छ ।

१५ )प्रतियोगिताको टाईसीट सहभागी प्रत्येक टिमको कोच /म्यानेजर तथा क्याप्टेनहरुको उपस्थितिमा अक्टोबर ११ तारिख खेल मैदानमा दिनको ४ बजे लक्की ड्र मार्फत गरिनेछ ।

बलिहाङ कप २०१९ फुटसल प्रतियोगिताको पुरस्कार बिबरणहरु :-

-बिजेता टिमलाइ :- ट्रफी ,प्रमाण पत्र ,मेडल तथा नगद ३५०० सेकेल
-फस्ट रनर अप टिमलाइ :-प्रमाण पत्र ,मेडल तथा नगद १७०० सेकेल
-फेयर प्ले टिमलाइ:- ट्रफि प्रमाण पत्र ,मेडल
-बेस्ट प्लेयर :- ट्रफी प्रमाण पत्र ,मेडल
-हाइ स्कोरर :-ट्रफी प्रमाण पत्र ,मेडल
-बेस्ट डिफेन्स :- ट्रफी प्रमाण पत्र ,मेडल
-म्यान अफ द म्याच :- ट्रफी ,प्रमाण पत्र ,मेडल (हरेक खेल बाट एकजना उत्कृष्ट खेलाडी छनौट गरिनेछ )

बलिहाङ कप २०१९ फुटसल प्रतियोगितामा सहभागी टिमहरु :-

१ )केवाइसि फुटवल क्लब
२ )राइजिंग स्टार फुटवल क्लब ” ए ”
३ )राइजिंग स्टार फुटवल क्लब “बि ”
४ )कायापलट फुटवल क्लब
५ )माकुरि फुटवल क्लब
६ )दार्जेलिंग युनाइटेड फुटवल क्लब रहेका छन ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

33 − twenty four =