प्रवासी नेपाली राष्ट्रिय कमिटी इजरायल”द्वारा विभिन्न चाड पर्बको अवसरमा सुभकामना आदन प्रदान कार्यक्रम गर्दै !

इजरायल बिसेष

तिनजुरे अनलाइन !

प्रवासी नेपाली राष्ट्रिय कमिटी इजरायल”द्वारा नेपालीहरुका महान चाड पर्बको अवसरमा अनलाईन एप्स जुम मार्फत सुभकामना आदन प्रदान कार्यक्रम गर्ने भएको छ !

आयोजक राष्ट्रिय कमिटी इजरायल”द्वारा
शुभ दिपावाली,नेपाल सम्वत ११४४ छठ पर्व वलिहाङ तङ्नाम ,लगायतका नेपाली राष्ट्रिय पर्वहरुको अवसरमा इजरायलका लागि नेपाली राजदूत महामहिम कान्ता रिजालको प्रमुख आतिथ्यतामा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष गिता सुबेदीले जानकारी दीएकी छन !

इजरायलको द्वन्दकालिन कठिन अबस्थालाइ मध्यनजर गर्दै उक्त कार्यक्रममा जुम भर्चुअल आइडी 98091648280 तथा पासवड 588175 मार्फत जोडिन सकिने छ !

मार्फत नोवेम्बर १४ तारिख सोमबार इजरायलको समय ३ बजे दिउसो सुभकामना आदान प्रदान कार्यक्रम रहेको बताईएको छ !

उक्त कार्यक्रममै खुसी जिवनका लागि सकारात्मक सोच Trainer (Motivational) Speaker विकासदेब योन्जन तामाङको साथमा विशेष कार्यक्रम समेत रहने उपाध्यक्ष शिवराज खड्काले जानकारी दीएका छन!

कार्यक्रमलाइ सफल बनाउन इजरायलमा क्रियासिल संघ संस्था र इजरायलमा कार्यरत नेपाली दिदिबहिनी दाजुभाइ हरुमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा समेत गरिएको छ !

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

forty nine ÷ forty nine =