गायक सुर्य रानाको अर्को कोशेली “हार्दै हार्दिन “सार्बजनिक । (भिडियो )

गीत संगीत

तीनजुरे,

नेपाली संगीत बजारमा अहिले बढिजसो दशैं र तिहारका गीतहरु आईरहेका छन् तर दशैंतिहार बिशेष गीतसंगै बजारमा लोकदोहोरी गीतभने आउने क्रम रोकिएका छैनन् । त्यसो त यो बेला बिशेषगरेर बजारमा बढि सुनिने र चल्ने दशैबिशेष गीत हुन् तरपनि दर्शकश्रोताको रुचि फरकफरक किसीमका हुन्छन् । यहि अनुसार बजारमा फरकफरक शैली र किसीमका गीतहरुपनि आईरहेका छन् ।

 

यहि क्रममा लोक तथा दोहोरी कलाकार सुर्य रानाको हार्दै हार्दिन बोलको लोक तथा दोहोरी गीत बजारमा आएको छ । भिडियोसहित बजारमा आएको गीतमा मिना थापा र इजरायलमा रहेका सुर्य रानाको आवाज रहेको छ । गायक गायिका थापा र राना दुवैको शब्द रहेको गीतमा मिना थापाको संगीत रहेको छ ।

कृष्ण केसीको संगीत संयोजन रहेको उक्त गीतमा आफुले माया गरेको मान्छेले धोका दिएको भावलाई समेटिएको छ । उस्ले धोका, चोट दिएपनि आफु कमजोर नबनेको र नहारेको भावलाई सोनम काउछा मगर र बिमल अधिकारीले जीवन्त अभिनयमा उतारेका छन् ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− three = 5