नेवाः खल इजरायलको आयोजनामा म्ह : पूजा हुने कलाकार सरिता साही इजरायल आउदै !

इजरायल बिसेष

नेवाः खल इजरायलको आयोजनामा म्ह पूजा तथा नेपाल सम्बत ११४०  न्हूँ द भिन्तुना इजरायलमा मनाइने भएकोछ |

आफ्नो मौलिक भाषा, लिपि, धर्म ,कला संस्कृति, भेषभूषा साथै चाड पर्बहरुको संरक्षण एबं संबर्द्धन गर्नु पर्छ भन्ने मूल नाराका साथ सन् २०१० स्थापित नेवाः खल इजरायलले म्हः पुजा कार्यक्रम ११४० आयोजना गरेको छ । कार्यक्रम नोभेम्बर १ शुक्रबार साँझ ६ बजेदेखि एभरेष्ट डिस्को हल तखाना मर्काजितमा हुनेछ ।

नेपालको राष्ट्रिय सम्बत “नेपाल सम्बत” पहिलो दिन “कछला १” मा म्ह: पुजा पर्ब परेता पनि इजरायलमा नेपालीहरुको छुट्टिको दिनलाई मध्यनजर राख्दै कछलाथ्व पंचमी तिथि शुक्रबार साँझ ६ बजे ईजरायलको तेल-अभिब स्थित एभरेष्ट डिस्को हल ( ताखाना मार्काजित) तेश्रो तलामा बिगतका बर्षहरूमा जस्तै यस बर्ष पनि हाम्रो मौलिक एबं सांस्कृतिक राष्ट्रिय पर्ब “स्वन्ति नख: म्ह: पुजा, न्हु दं ११४० भिन्तुना”, नेवा: भोज लगायत भाग्यशाली चिठ्ठा कार्यक्रम साथ-साथै कलाकार सरिता शाहीको साथमा मनोरंजनात्मक सांगितिक धमाका भब्यताको साथ आयोजना हुन गई रहेको हुँदा ईजरायलमा स्थापित बिभिन्न धार्मिक, सामुदायिक,राजनैतिक, सामाजिक, साहित्यिक संघ संस्थाहरु लगायत सबै नेपालीहरुलाई गरिमामय उपस्थितिको लागी आयोजकले हार्दिक अनुरोध गरेको छ ।

साथै भोली पल्ट नोभेंम्बर २ तारीख शनिबार कलाकारको साथमा इजरायलको ऐतिहासिक एबं धार्मिक स्थानहरु बेतलेखेम र मृत सागर (Dead sea ) को रमणीय भ्रमणको आयोजना गरिएको सल्लाहकार श्रेष्ठले बताएका छन् ।

उक्त कार्यक्रम लाइ सफल बनाउन इजरायलमा स्थापित सामाजिक, धार्मिक, राजनैतिक र साहित्यिक संघ संस्थाहरु साथै अनलाइन मीडिया कर्मी ज्युहरु लगायत कर्मभूमी इजरायलमा रहनु भएका सम्पूर्ण आदर्णीय दाजुभाई तथा दिदिबहिनिहरुमा अग्रिम निमन्त्रणा टकार्उदै, म्ह: पूजा कार्यक्रममा उपस्थित भई प्रसाद ग्रहण (समेबजी भोज) गरिदिन हुनका निमित्त आयोजक संस्था नेवाः खल इजरायलले सम्पूर्णमा  अनुरोध समेत गरेको छ |

यस्तो छ बिसेसता 

आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी शरीरभित्रको चेतनालाई पूजा गर्ने यस पर्वको दार्शनिक पक्ष  समग्र देवता ऊर्जाशक्ति विश्व ब्रम्हाण्ड मानव शरीरभित्र रहेको विश्वास गर्दै परमेश्वरको बास हुने मान्यता राखी आफूलाई चिनेर बुझेर आफ्नो उद्धार गर्न आफै अघि सर्नुपर्ने परम्पराका रुपमा यो पर्व विकास भएको पाइन्छ किम्बदन्तीअनुसार परापूर्व कालमा नेवार समुदायमा ठूलो दैवी प्रकोप परेको थियो त्यसबाट धेरै मानिसको क्षति हुन गएकाले त्यसपछि जीवित रहेका मानिसले आत्मसुरक्षाका लागि शरीरको पूजा गर्ने परम्परा प्रचलनमा ल्याएको विश्वास मा यो पर्ब मनाइन्छ।

प्रत्येक वर्ष नेपाल संवतअनुसार कार्तिक शुक्लपक्ष प्रतिपदा तिथिमा नेवार परिवारमा परिवारको मूलीले परिवारका सबै सदस्यहरुको पूजा गरी हाँस वा कुखुराको फूल सगुन चढाइन्छ भने । शरीरमा शान्ति नभएसम्म आत्मशान्ति नहुने भएकाले म्हः पूजाको दिन शरीरलाई तान्त्रिक विधिबाट पूजा गरिन्छ । यसो गर्दा वर्षभरि चोट नलाग्ने र मन पनि शान्त हुने धार्मिक विश्वास छ । म्हः पूजा गर्न परिवारका प्रत्येक सदस्यको लागि पूर्वसम्मुख पारेर एक/एकवटा मण्डल बनाइँछ । मन्डलमा खाने तेलको सानो घेरालाई बीचमा पारी त्यसपछि क्रमशः बाहिर अक्षता, लावा, कालो भटमास, मासको गेडा, धान, बेसारले रंगाएको चामलको धूलो, त्यसपछि पानी र रंगीबिरंगी फूलका घेरा हालि यो पर्ब मनाइने गरिन्छ |

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + four =