हास्य–व्यङ्ग्य गायक श्रीकृष्ण लुइँटेल ‘बोकेदाह्री’को सन्देश मुलक गीत केराको थम्बा सार्बजनिक!

गीत संगीत

तेलअभिब इजरायल !
चर्चित हास्य–व्यङ्ग्य गायक श्रीकृष्ण लुइँटेल ‘बोकेदाह्री’ ले नयाँ गीत बजारमा ल्याएका छन् । बुधबार उनले ‘केराको थम्बा’ बोलको गीत युटुबमा सार्वजनिक गरेका हुन् ।

प्रतिक श्रेष्टको छायांकनमा बनेको सो गीतको भिडियोमा गायक बोकेदाह्रीका साथै श्री केशव रायमाझी, कल्पना पाण्डे, प्रतिक श्रेष्ठ, संगीता यादव, कृष्ण सुवेदी, रुविना गहतराज, भरत पोद्दार लगायतको अभिनय छ । उक्त भिडियोको श्री केशव रायमाझीले निर्देशन गरेका छन् ।

श्रीकृष्णको आधिकारिक युटुब च्यानलमार्फत उक्त गीत सार्बजनिक भएको हो । उनले यस गीत मार्फत मनोरञ्जनका साथै केही सन्देश दिन खोजेको तिनजुरे अनलाइन लाई बताए । उक्त गीतमा श्रीकृष्णकै शब्द, संगित र स्वर रहेको छ ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× one = 8