अल अहालियाबाट आइएमई गरे उपहारै उपहार ।

देश विदेश

तिनजुरे अनलाइन /

रामप्रसाद ढुंगेल 

युएईको लोकप्रिय एक्सचेञ्ज कम्पनी अल अहालियाबाट आइएमईमा पैसा पठाउदा उपहार पाइने भएको छ । आइएमई-युएईका ग्राहकहरुका लागि लक्षित दशैँ-तिहार उपहार योजना सार्वजनिक गरेकोले आर्थिक उपहार पाइने भएको हो ।
“आइएमई सँग यो दशै-तिहार, पाइन्छ नगद रु ५० हजार” नाराका साथमा युएईको लोकप्रिय एक्सचेञ्ज कम्पनी “अल अहलिया एक्स्चेन्ज”बाट आइएमई गर्ने नेपाली ग्राहकहरुले दशै र तिहारको अवधिमा कम्तीमा ७ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म पाउन सकिने आइएमई युएईका प्रमुख उत्तम बस्नेतले जानकारी दिनुभएको छ । बम्पर उपहार नगद रु ५० हजार रहेको यो योजनामा भाग लिन अल अहालिया एक्सचेञ्जका युएईभरिका कुनै पनि शाखाहरुबाट नेपालमा पैसा पठाउदा आइएमईलाई नै माध्यम बनाउनु पर्ने हुन्छ । अल अहालिया एक्सचेञ्ज साथै अन्य एक्सचेञ्जहरुबाट नेपालमा आइएमई गर्दा पनि यस प्रतियोगितामा सहभागी बन्न सकिने आइएमई युएईले जनाएको छ ।
अलअहालिया एक्सचेञ्ज मार्फत आइएमइमा पैसा पठाउने आफ्ना धेरै ग्राहकहरु भएको र यसभन्दा अगाडि पनि धेरै नेपालीहरुले विभिन्न पुरस्कारहरु पाएको अल अहालिया एक्सचेञ्जका नेपाल कोरिडाेर व्यापार प्रमुख बेनीमाधव ढकालले जानकारी दिनुभएको छ ।
आइएमइको यो योजनामा
साप्ताहिक रुपमा पहिलो तथा दोस्रो हप्तामा दुई-दुई जना,
तथा तेस्रो तथा चौथो हप्तामा तीन/तीन जना भाग्यशाली विजेताले नगद ७ हजार रुपैयाँ “आइएमई पे” मा प्राप्त गर्न सक्नेछन् ।

यसका साथै विदेशबाट पठाएको रकम आइएमईको वालेट आइएमई पे बाट प्राप्त गर्ने गरी रेमिट्यान्स गरेमा पठाएको रकममा ६० रुपैयाँसम्म स्वत: बोनस रकम प्राप्त गर्न सकिने आइएमई युएईका प्रतिनिधि ईश्वर अधिकारीले बताउनुभएको छ । योजना अक्टोम्बर १७ देखि नोवेम्बर १५, २०२० सम्मको लागि सन्चालनमा रहेको छ ।
*नेपालीहरुको सुखदुःखको साथी बन्दै आइएमई*

नेपालको नम्बर १ रेमिट्यान्स कम्पनी आइएमई नेपालीहरुको दु:खसुखको साथी बन्दै गएको छ । बीस वर्ष अधिदेखि बिरानो मुलुकको निर्जन बगरमा काम गरेर आफ्ना परिवारका सदस्यले कमाएको पैसासँगै खुसी र भविस्यको मिठो सपना आदानप्रदान गरिरहेको आइएमईले यसपालिको दशै-तिहारको अवसरमा “भरोसा-कोष” स्थापना गरेको छ । कोरोनाका कारण परदेशमा अकालमा जीवन गुमाएका परिवारका हकवालालाई सकेको आर्थिक सहयोग गर्ने प्रतीज्ञा आइएमईले गरेको छ ।
हरेक दशै र तिहारको उपलक्ष्यमा लाखौं रुपैयाँ राशीका उपहार योजना संचालन गर्ने आइएमई कोरोनाले आक्रान्त बनाएको नेपाली मनमा भरोसा कोष मार्फत दु:खको वास्तविक साथी, सहयात्री र पीडित परिवारको दरिलो भरोसा बन्न खोजिरहेको छ ।
आइएमई नेपालले वैदेशिक रोजगारीको सिलसिलामा कोरोनाको कारण ज्यान गुमाएका सबै जनाका परिवारका सदस्यलाई १ करोड रुपैयाँको भरोसा कोष स्थापना गरी सहयोग गर्ने भएको छ । युएई लगायतका मध्यपुर्वका ६ देश र मलेसियामा रोजगारीको क्रममा रहदा कोरोनाको कारण निधन भएका नेपालीहरुका परिवारका सदस्यलाई आइएमई नेपालले अनिवार्य आर्थिक सहयोग गर्ने भएको छ । यसका लागि सम्बन्धित परिवारको सदस्यले आईएमईको केन्द्रीय कार्यालय पानीपोखरी काठमाडौंमा आवश्यक कागजातका साथमा निवेदन दिनुपर्ने छ ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ one = 9