सेन्चुरी रेमिट युएईकोे दशै तिहार योजना सार्बजनिक

देश विदेश

युएई ।
सेन्चुरी बैक अन्तरगतको सेन्चुरी रेमिट युएईले दशै तिहार योजना सार्बजनिक गरेको छ । विगत वर्षजस्तै यसवर्षपनि आफ्न ग्राहक लक्षित दशै तिहार योजना सार्वजनिक भएको हो ।
युएईमा रहेका नेपालीले अल अहलिया एक्सचेन्सको कुनैपनि शाखाबाट सेन्चुरी रेमिटको प्रयोग गरी नेपालमा पैसा पठाउनेहरु योजनामा सहभागी बन्नेछन् । योजना अक्टोबर १२ देखि नोभेम्बर २० सम्म चल्नेछ । योजनमा सहभागीमध्येबाट बजेताले ६ बटा स्मार्ट फोन र ४ वटा फिल्पिस ब्राण्डको ३२ इन्चको एलइडी टेलिभिजन उपहार पाउने सेन्चुरी रेमिट युएईका प्रमुख प्रकाश पौडेलले जानकारी दिए ।
सेन्चुरी रेमिटले विभिन्न समयमा ग्राहक लक्षित योजना ल्याउदै आएको छ । वैदेशिक रोजगारीमा कमाएको पैसालाई वैद्यानिक र विश्वासिलो माध्यबाट स्वदेशमा पठाउन सेन्चुरी रेमिटले साथ दिदै आएको पौडेलले बताए।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + two =