किराँत याक्थुङ चुम्लुङ इजरायल द्वारा ताप्लेजुङ दोभानका आगलागी पीडितलाई सहयोग !

इजरायल बिसेष

तिनजुरे अनलाइन! विगत ६ महिना अगाडी ताप्लेजुङ जिल्लाको दोभानमा भएको आगलागीमा समस्यामा परेका आगलागी पिडितलाई किराँत याक्थुङ चुम्लुङ इजरायल द्वारा१ लाख ८३ हजार रुपैया सहयोग हस्तान्तरण गरेको छ !

गत बुधबार ताप्लेजुङ दोभानमा भएको एक कार्यक्रममा मिरीङ्देन गाउपालिका प्रमुख गणेश ब. चोङ्वाङ, कि.या.चु. केन्द्रिय सदस्य निर्मला तावा, कि.या.चु. सल्लाहकार कृतिमान मादेन लगायत दोभानबासि स्थानीय समाजसेवीहरुको बाक्लो समुपस्थितिमा ६५ घर धुरी अग्नि पीडित परिवारलाई हस्तान्तरण गरिएको कि या चु इजरायलकी संरक्षक सदस्य गिता तुम्बाहाङफेले जानकारी दीएकि छन !

किराँत याक्थुङ चुम्लुङ इजरायलका पदाधीकारी तथा इजरायलमा कार्यरत नेपाली दाजु भाइ दिदि बहिनी मार्फत संकलन भए उक्त रकम छ महिना अघिनै संकलन भएपनि कोरोना कोभिड १९ को कारण हस्तान्तरणमा ढिलाइ भएको जनाईएको छ !

उक्त सहयोग रकम हस्तान्तरण व्यवस्थापन किरात चुम्लुङ ताप्लेजुङले गरेको थियो भने उक्त सहयोग कि.या.चु. इजरायलकी संरक्षक सदस्य गिता तुम्बाहाङ्फे तथा सह-कोषाध्यक्ष संगीता आङ्थुपोको संयोजनमा संकलन भएको जनाईएको छ !

भासा कला संस्कृतिको जगेर्ना गर्ने उदेश्य ले इ. स. २०१२ मा स्थापना भएको किरात याक्थुङ चुम्लुङ इजरायलले नेपालका विभिन्न ठाउमा अबस्था हेरि सहयोग समेत गर्दै आएको छ !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ three = 11