चितवन समाज इजरायलको चौंथो अधिवेशन सम्पन्न,अध्यक्षमा नयन सापकोटा !

इजरायल बिसेष

इजरायल ।

 चितवनको विकास र सामाजिक भावना,समाजको एकता समृद्धिको चाहना भन्ने मुल उद्धेश्यले स्थापित चितवन समाज इजरायलको   चौंथो अधिवेशनको गत  शनिबार इजरायलको  तेल अभिवमा स्थित वोल्फ़सन ६६ मा सम्पन्न भएको छ ।

चितवन समाज इजरायलकी संस्थापक अध्यक्ष एवं चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समिति प्रवास महिला संयोजक शान्ता अधिकारी ज्ञवालीको  प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।

कार्यक्रममा शुभकामना विशेष अतिथि एनआरएन आइसीसी सदस्य तथा सल्लाहकार विशाल ज्ञवाली, संस्थाका सल्लाहकार तथा बुद्ध संदेश डट कमका प्रधान सम्पादक अनिरुद्र सवेदी, नमस्ते  नेपाल हातेमालो सामाजिक सस्था  ईजरायलका अध्यक्ष भीमा थापा, सत्य सार्य सेन्टर इजरायलका अध्यक्ष नेहा गुरुङ्ग, रुपन्देही सेवा समाजका अध्यक्ष ईश्वरी पौडेल चितवन समाज ईजरायलकी संस्थापक सदस्य कमला ढकालले मन्तव्य राखेका थिए ।

सो अवसरमा संस्थाको आर्थिक प्रतिवेदन सम्झना पन्तले प्रस्तुत गरेकी थिईन् । कृष्ण भण्डारीले म्यूजीक मोहबाट संगितमय गराएका थिए । त्यसैगरी फोटो तथा भिडियोमा विष्णु सिंम्खडा रहेका थिए । सोही अवसरमा संस्थाका सल्लाहकार अध्यक्ष तथा पत्रकारहरुलाई प्रमाणपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

त्यस्तै संस्थाका कार्यसमिति, आजिवन सदस्य तथा संस्थापक सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रम सफल बनाउन अहोरात्र खटेर सहयोग गर्ने राज दाहाल, अनिरुद्र सुवेदी, र सम्भु खनाल तथा इन्लदिरा पौडेल मराठा गायत सम्पूर्णलाई धन्यवाद प्रदान गरिएको थियो । कार्यक्रममा संस्थाका सल्लाहकार, ईजरायलस्थित क्रियाशिल संस्थाका अध्यक्ष तथा पदाधिकारी, पत्रकार,तथा मिडियाकर्मीहरु सहभागिता उल्लेख्य रहेको थियो । नाचगान, दरखाई रमाईलोगरि उल्सवको रुपमा अधिवेशन सम्पन्न गरिएको थियो ।

सोही अवसरमा राष्ट्रियगान गाएर तथा सहिदहरुप्रति एकमिनेट मौनधारणगरि कार्यक्रम सुरु गरिएको थियो । कार्यक्रम सभ्य रुपमा सहार्दपूर्णरुपमा सम्पन्न भएको थियो । चितवन समाज ईजरायलकी अध्यक्ष सरिस्मा बरालको अध्यक्षतामा भएका कार्यक्रमको संचालन महासचिव चिरञ्जीवि मिश्रले गरेका थिए । उद्घाटन कार्यक्रमपछि अधिवेशनको बन्द सत्रबाट अध्यक्षमा नयन सापकोटा(रामु) सहित १९ सदस्यीय नयाँकार्यसमिती निर्विरोध निर्वाचित गरेको छ ।

निर्वाचित वरिष्ठ उपाध्यक्षमा चिरञ्जीवि मिश्र, प्रथम उपाध्यक्षमा दिना न्यौपाने, द्धितिय उपाध्यक्षमा सबीषा सिलवाल थापा, तृतीय उपाध्यक्षमा गायत्री ढकाल, महासचिवमा मोहन बस्नेत सचिवमा जमुना बोहरा, कोषाध्यक्षमा जीना सिंह(सम्झना), त्यसैगरी सदस्यहरुमा सम्झना पन्त( कोष परिवेक्षक), कमला गुरुङ्ग, नमुना पौडल पराजुली, देवी पौडेल ईन्दिरा पौडेल मरठ्ठा, सीता अधिकारी, हिरु सुवेदी, विष्णु माया रिमाल, गीता पोख्रेल, सुर्य थापा, राधिका कुँवर रहेका छन् ।

 

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− six = 4