तल हेर्दा एम्बुलेन्स, सेना र प्रहरी मात्रै देखेँ, त्यसपछि लाग्यो– अब सकिएछ !’

समाचार

सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन सकेन ।

ल्याण्डिङ गियर नखुलेका कारण विमानले आकाशमा लामो समय फन्को मारिरह्यो । विमानमा भएको इन्धन सकेर धावनमार्गमा फम राखेर अवतरण गराउने योजना बन्यो । तर विमालाई निकै तल ल्याएर हेर्दा ल्याण्डिङ गियर पनि खुलेको देखिएपछि विमानको सहज अवतरण सम्भव भएको विमानस्थलका अधिकारीहरु बताउँछन् । अन्यथा इन्धन सकेर फोर्स ल्याण्डिङको विकल्प थिएन ।

यात्रुहरुका अनुसार काठमाडौं आउँदासम्म खासै डर लागेको थिएन । तर यहाँ पनि ल्याण्ड हुन नसकेपछि जहाजभित्र रु,वा,बा,सी चलेको उनीहरूले सुनाए ।

सुरक्षाकर्मी तयारी अवस्थामा देखेपछि अब जिन्दगी यति नै भयो भन्ने लागेको यात्रु प्रताप लिम्बुले सुनाए । ‘ढोका खोल्दिनुस्, हामी हाम फाल्छौं पनि भन्यौं,’ उनी भन्छन्, ‘एयर होस्टेसहरुले तपाईंलाई सक्दो ब’चाउने कोसिस गर्छौं । इन्धन सकेर धावनमार्गमा पानी छर्केर त्यसमाथि फम राखेर अवतरण गराउने हो भनेर जानकारी गराउनुभयो ।’

अर्का यात्रु अनमोल प्रधानले जहाजभित्र रु,वा,बासी भएको र धेरैले आ,श मा’रेको सुनाए । रनवेमा हेर्दा एम्बुलेन्स, पुलिस सबै तैनाथ थिए’ उनी भन्छन्, ‘जहाजमा भएका आमा बच्चा र पाका मानिसहरु आत्तिएर रुन थालेपछि झन् गाह्रो भयो ।’

लिम्बू भन्छन्, ‘परिवारलाई म्यासेज गरे धेरै पटकको ल्याण्डीङ प्रयास सफल भएन अब बाँचियो भने फेरौ भेटौला।’

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixty one − fifty six =