असोज १२ गते मंगलबार सेप्टेम्बर २८ तारीखको राशिफल हेर्नुस |

राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल असोज १२ गते मंगलबार इश्वी सन २०२१ सेप्टेम्बर २८ तारीख आश्विन कृष्णपक्ष सप्तमी तिथी मृगशिरा नक्षत्र व्यतिपात योग बालव करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा राक्षस योग राक्षसनाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु अष्टमीव्रत महालक्ष्मीव्रत समाप्ती (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्यको थालनिका निम्ती उत्तम समय रहकोछ । मानप्रतिष्ठा प्राप्तीको योग बन्नेछ । मित्रजनहरु सगँको भेटघाटमा समय ब्यतित रहनेछ । दाम्पत्य सम्बन्धमा भने सामान्य समस्या उत्पन्न हुन सक्नेछ । साजेदारीकार्यमा साबधानी अपनाउनु उत्तम रहनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) वाणीका कारण आफन्तजनहरु सगँको सम्बन्धमा समस्या उत्पन्न हुन सक्नेछ । खानपानका कारण स्वास्थका क्षेत्रमा तनाब उत्पन्न हुन सक्ला । अध्यन अध्यापनका क्षेत्रमा भने समय मध्यम रहनेछ । मानसीक चन्चलताका कारण कार्य क्षेत्रमा समेत प्रभाब पर्नेछ । सम्पादित कार्यको श्रेय समेत अन्य ब्यत्तीले प्रात्त गर्नेछन ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । सामान्य चोट पटक आईपर्नेछ । खराब संगतका कारण सामान्य समस्या आइपर्न सक्नेछ । समयको सहि सदुपयोग गर्न नसक्नाले कार्य क्षेत्रमा साधारण ढिलाई भोग्नु पर्नेछ । आफन्तजन हरुको साथ सहयोगको कमि महसुस हुनेछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) स्वास्थ सम्बन्धि सामान्य समस्याले सताउनेछ । आय आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नेछन । मानसीक तनाबका कारणले गर्दा कार्य क्षेत्रमा झन्झट आई पर्न सक्नेछ । पारीवारिक भेटघाटको क्षेत्रमा समय ब्यतित रहला । प्रेम सम्बन्धमा सुधार आउनेछ । ब्यापार ब्यवसायमा आफ्नो प्रभुत्व रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अधुरो यात्रा रहने योग रहेकोछ । अरुको छिटो बिश्वास गर्नाले सामान्य धोकामा परिएला । मानसिक चिन्ताले सताउनेछ । आँट शाहसमा कमि आउनाले कार्यसम्पादनमा समस्या आउन सक्छ । सहयोगी ब्यक्तिहरुको साथ छुट्नाले मनमा आघात पुग्नेछ । तपाई सगँ प्रतिस्पर्दा गर्ने ब्यक्तिहरुको बृद्यि हुनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) दिदी बहिनीहरुको साथ सहयोगले दीगो फाईदा हुने कार्यको थालनि होला । आक्स्मिक धनलाभको सम्भाबना रहेको छ । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । सन्तान सम्बन्धि समस्याले सताउला । यात्राका कारण सामान्य खर्च हुन सक्नेछ । पठन पाठन सफल रहनाले बौदिकताको सर्वत्र कदर हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) बिद्यार्थी बर्गको बौधिक बिकाशका निम्ति समय राम्रो रहेको छ । मान्यजनको साथ सहयोग द्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ । श्रम र मेहेनतको राम्रो कदर हुनेछ तथा मानसम्मान प्राप्त हुने समय रहेको छ ।सामाजिक कार्यमा आफुअग्रसर रहेपनि त्यसको श्रेय भने अरुलाई मिल्नाले सामान्य खिन्नता बोध हुनसक्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) ईष्ट मित्रजनको सहयोग प्राप्तहुनाले कार्य सहज रहला । मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ । आजको कार्यले भोलिलाई फाइदा रहनेछ । सामान्य शकां उपशकांहरुको निबारण हुने दिन रहेको छ । परीश्रमको राम्रो फल प्राप्त हुनाले मन प्रशन्न रहनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) मानसीक चन्चलताले कार्य क्षेत्रमाझन्झट आई पर्नेछ । सामान्य बादबिवादको सामना गर्नु पर्ला । मनमा उत्पन्न बिभिन्न कुबिचारले समस्या निम्त्याउन सक्ला सजग रहनु पर्नेछ । ब्यक्तित्व बिकाशमा जुट्ने समय रहेको छ । मित्रजनको साथसहयोमा बृद्धि हुनेछ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) साजेदारी कार्यमा हात नहालेकै बेश रहनछ । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखापर्नेछ । बिश्वासिलो ब्यक्तिहरुबाट धोका हुन सक्ला । तपाईको कार्य बाट फाईदा लिनेहरुको सङख्यामा बृद्यि हुनेछ । आटशाहसको बृद्यिहुने योग रहेको छ । कार्यक्षेत्रमा भने सामान्य झन्झट ब्यर्होनु पर्ला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) अरुको संगतगर्ने बानिले सामान्य समस्या आइपर्ला । मनमा चन्चलताले बास गर्नेछ । कार्यक्षेत्रमा प्रतिस्पधिहरुको बृद्यिहुनाले तपाईलाई सामान्य झन्झट आईपर्ला । निर्णय गर्न नसक्नाले आफ्नो कमजोरी महसुस हुनेछ । सौदर्यका क्षेत्रमा खर्चहुने योग रहेको छ । सामाय आर्थिक अभाबको सामना गर्नुपर्ला । अनावश्यक यात्रा हुन सक्छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) आम्दानिका बिभिन्न स्रोत हरु फेला पर्ने छन । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । पठनपाठनको निम्ति समय राम्रो रहेको छ । गरिरहेको कार्य क्षेत्रमा मन चन्चल रहनाले अरु नयाँ काम को थालनि हुन सक्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चाको बिषय भईन सकिनेछ ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ one = two