जिल्ला अस्पतालमा भएको बालिका मृत्यु प्रकरणले उग्र रुप लिदा अस्पतालमा तोडफोड

समाचार

पाँचथर ।। जिल्ला अस्पतालमा भएको बालिका मृत्यु प्रकरणले उग्र रुप लिदा अस्पतालमा तोडफोड भएको छ ।

राति १० बजे सम्म सयाैको संख्यामा आक्रोशित नागरिकले अस्पतालमा ढुङ्गा मुढा गरिरहेका छन् । आक्रोशित भिडले अस्पतालका झ्याल तथा ढाेका फुटाएको छ भने अस्पताल परिशरमा ढुङ्गा र इटा थुप्रिएको छ।

आज विहान उपचारको क्रममा ३ बर्षिय बालिका कृष्टिना लिम्बूको जिल्ला अस्पताल पाँचथरमा मृत्यु भएको थियो । सामान्य अवस्थामा रहेकी उनको  चिकित्सकले ओेषाधी चलाउने वित्तिकै छटपटाएर मृत्यु भएको आफन्तको आरोप छ।

यता उपचारमा संलग्न चिकित्सकहरुले भने विहानै बालिकाको अवस्था गम्भिर भएको र सोको बारेमा परिवारका सदस्यलाइ समयमै जानकारी गराएको बताएका छन्।

स्वास्थ्य मापदण्ड अनुसारनै आफुहरुले उपचार गरेको र उपचार प्रकृयाकोमा असन्तुष्टी भए विज्ञ सम्मेलित टोलिको गठन गरी छानविन गर्न सकिने र त्यसबाट आफुहरु दोषि पाइए सजाय भोग्न समेत तयार रहेको उपचारमा संलग्न चिकित्सकको भनाइ छ।

उता राती १० बजे मृत्यु भएकी बालिकाका नजिकका आफन्तहरुले विज्ञप्ती जारी गर्दै आफुहरु शान्तीपूर्ण वार्ता मार्फत समस्याको टुंगो लगाउने पक्षमा रहेको भन्दै अस्पातलमा भैरहेको उछृङख्ल गतिवीधीमा आफुहरुको पारिवारिक संलग्नता नरहेको बताएको छ।

जिल्ला स्थित सरोकारवालाहरुले सबैलाइ धैर्य गर्न र वार्ताको माध्यमबाट समस्याको समाधान खोजी पिडितले न्याय पाउने वातावरण सृजना गर्न माग गरेका छन् ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty ÷ = 20