तेह्रथुमको छथर सुदापमा भव्य रुपमा सिसेक्पा तङनाम मनाइयो

समाचार

प्रकाश पाक्साँवा
तेह्रथुम १ साउन
तेह्रथुम जिल्लाको छथर गाउँपालिका ६ सुदापमा लिम्बुहरुले भव्य रुपमा सिसेक्पा तङनाम मनाईएको छ । च्याब्रुङ नाच सँगै चियापान कार्यक्रम गर्दै तङनाम मनाइएको छ । लिम्बु समुदायले ‘सङ्क्रान्ति जाऊ, मङ्क्रान्ति आऊस अनिकाल जाऊ, सहकाल आऊ’ भन्ने आदि भावमा अनिकाल वा दुःख–पीडालाई त्यसरी पर्वको रूपमा मनाउँदै आएका छन ।

सिसेक्वा तङ्नाम तथा आजैका दिन बिहानै खेतबारी वा नजिकको वन–जङ्गलतिर गई साउने सिसेक्पा तङ्नाम लागि आवश्यक अन्न, फलफूल र पात लगायतका संकलन गरी ल्याएको वस्तुहरु हरियो बाबियोको डोरी बाटी त्यसमा लहरै सिउरेर घरको मूल ढोकामाथि वरिपरि टाँगेर झुन्ड्याउँदै मनाएका छन । थाल, झ्याम्टा, नाङ्लो र च्याब्रुङ बजाउँदै प्रत्येक घरका हिँडडुल गर्न सक्ने बच्चादेखि युवा–युवतीले घरमूली बूढापाकाको निर्देशन र उत्प्रेरणामा घरभित्रका सबै ठाउँ र घर वरिपरिसमेत घुमेर सामग्री बजाउँदै केही खराब तत्वलाई घरभित्रबाट बाहिरतिर खेदाएर निकाल्दै केही परसम्म पुर्याउँदै हटाई मनाएको स्थनाीय ऐमान सिँ लिम्बुले बताए ।

गाउँका स्थानीयहरु मिलेर गाउँको घर घरमा च्याब्रुङ नाँच्दै तङनाम मनाएका छन । पछिल्लो समय लिम्बुहरुको मौलिक पर्वहरु लिम्बु भेला भएर संरक्षणमा जुट्न थालेका छन । नेपाल तथा विश्वको बिभीन्न मुलुकहरुका बसोबास गर्दै आएका लिम्बुहरु आफ्नो मौलिक पर्वहरुको संरक्षणमा चासो दिन थालेका हुन । स्थानीय सरकारले समेत बिदा दिन सुरु गरेको छ ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ two = one