यी ५ तरिकाले गर्नुहोस् तुलसीको प्रयोग, अनुहारको दाग धब्बा हटाएर दिन्छ चमक

स्वास्थ्य

काठमाडौँ। तुलसी यस्तो औषधि हो जसले छालामा आउने जुनसुकै समस्यामाबाट छुटकारा दिन्छ । यसका साथै, हरेक तुलसीको पातको सेवनले शरीरमा हुने रुघाखोकी, इन्फेक्शन जस्ता समस्याबाट बचाउँछ । तुलसीको पात हरेक दिन अनुहारमा लगाउँदा अनुहारमा हुने दागधब्बाबाट पनि बचाउँछ।

दागधब्बाः अनुहारमा आउने दागधब्बा शरीरमा रगतको कमिका कारण पनि आउने गर्छ । जसलाई हटाउन फलफूल तथा सागसब्जी खाने गर्नुपर्छ।

यसका साथै, यी खानेकुराहरुमा क्याल्श्यिम, प्रोटिन, फस्फोरस जस्ता पदार्थहरु पाइन्छ । त्यसलै यस्ता खानेकुरा खाँदा पनि अनुहारको दागधब्बा कम हुन्छ ।

तुलसीको पातको प्रयोग :तुलसीको पातमा कागतीको रस मिसाएर लगाउने गर्नुपर्छ । एक चम्चा तुलसीको पेस्टमा आधा कागतीको रस मिसाउने र यसको पेस्ट अनुहारमा लगाउने र त्यसलाई सुख्खा हुन दिने । यसले अनुहारमा आउने डार्क सर्कलबाट पनि बचाउँछ ।

तुलसीको पात र मिल्क क्रिम : एक चम्चा दूधको क्रिममा एक चम्चा तुलसीको पातको पेष्ट मिसाउने र अनुहारमा लगाएर छोडिदिने त्यसलाई केही समयपछि पखाल्ने गर्दा अनुहार सफा हुँदै जान्छ ।

तुलसीको पात र आँटा :आँटाको चोकरमा तुलसीको पेष्टमा एक चम्चा दही मिसाउने र त्यसलाई रातभरी भिजाउन छोडिदिने । त्यसलाई बिहान क्यामोमाइल टी र दालचिनीको पाउडर मिसाएर त्यसले ५ मिनेटसम्म स्क्रब गर्ने गर्दा अनुहार सफा हुँदै जान्छ । तुलसीको पात र बेसार :एक चम्चा तुलसीको पातको पेष्टमा एक चिम्टी बेसार मिसाउने र यसलाई अनुहारमा लगाउने ।

तुलसीको पात र मह : एक चम्चा तुलसीको पातको पेष्टमा एक चम्चा मह मिसाउने। यसको पेष्ट अनुहारमा लगाउने र त्यसलाई १५ मिनेटपछि पखारल्ने । यसले अनुहारलाई सफा बनाउँछ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six × = eighteen