इजरायल लैजाने ११७५ नेपाली कामदार नाम लिस्ट सहित |

समाचार

असोज २५, काठमाडौँ | इजरायलले केयरगिभरको लागि नेपालबाट लाने कामदारहरुको छनोट गरेको छ ।

नेपालबाट बिभिन्न चरण पार गरि एक हजार ६०० नेपालीलाई सूचीकृत गरिएकोमा ११७५ जना मंगलबार गोलाप्रथाबाट छानिएका हुन् । छनौटमा परेकाहरु मध्ये ८२१ महिला रहेका छन् भने ३५४ जना पुरुषहरु रहेका छन् । सूचीकृतहरुको छनौट इजरायलको जेरुसेलममा गरिएको गोलाप्रथाबाट भएको थियो । जुन कार्यक्रमका भर्चुअल रुपमा नेपाली अधिकारीहरुको समेत सहभागिता रहेको थियो ।

वैदेशिक रोजगार विभागले छनौटमा परेका व्यक्तिहरुले अब मेडिकल परीक्षण र प्रहरी रिपोर्ट लिनुपर्छ । यस प्रक्रियामा फेल भए छनौट भए पनि इजरायल जान पाइदैन । यो पटक इजरायल रोजगारको लागि जिटुजि प्रक्रिया अपनाइएको छ । जसबाट कुनै बिचौलियाले इजरायल रोजगारमा खेलेर आर्थिक फाइदा लिन नसक्ने वैदेशिक रोजगार बिभागको दावी छ ।  sorse sajha sawal

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 6 = forty eight