नेहा मन्जु फाउण्डेसनद्वारा दुर्गम क्षेत्रमा ११ वटा स्ट्रेचर सहयोग

इजरायल बिसेष

तिनजुरे अनलाइन!

नेहा मन्जु गुरुङ  फाउण्डेसनद्वारा नेपालका  दुर्गम क्षेत्रमा ११ वटा स्ट्रेचर सहयोग  हस्तान्तरण गरेको छ !

नेहा मन्जु गुरुङ फाउण्डेसनको पहलमा नेपालका  विभिन्न दुर्गम क्षेत्रमा बिरामी बोक्न प्रयोग हुने ११ थान स्ट्रेचर सहयोग गरिएको अध्यक्ष गुरुङले  जानकारी दीएकी छन   ।

 

गुरुङका अनुसार सिन्धुली कुसेश्वरमा १ ,रामेछाप खाडादेबी मन्दिर आसपास २ दोलखा भिमेश्वर आसपास ४, खाेटाङमा ४ गरि जम्मा ११ वटा स्ट्रेचर बितरण गरिएको छ साथै  भबिष्यमा पनि यसरी नै दुर्गम क्षेत्रमा सहयोग कार्यलाइ निरन्तरता दिने जानकारी  गराएकी छिन् ।

साई केन्द्र बालकाेटका साई भक्त सन्तोष चुडालको संयोजकत्वमा दुर्गम क्षेत्रमा बिरामी बोक्न प्रयोग हुने स्ट्रेचर बितरण गरिएको हो ।

प्रति स्ट्रेचर रु. तिन हजार तिन सयमा खरिद गरिएको ११ वटाको जम्मा मुल्य रु.  ३६ हजार ३०० रहेको फाउण्डेसनले जनाएको छ ।

 

उक्त स्ट्रेचर अभियानलाई फाउन्डेसनकि अध्क्षय गुरुङसहित सुजाता गौतम,  पूर्ण गुरुङ,  मंजु घिमिरे,  मिना बास्कोटा र मिनु लिम्बुले आर्थिक सहयोग उपलब्ध गराएका थिए ।

फाउन्डेसनकि अध्क्षय गुरुङ श्रीसत्य साई  सेन्टर इजरायलकि समेत अध्यक्ष रहेकी छिन्।

बिदेशी भूमिमा बसेर सदैब नेपालीहरुको सेवा-सहयोगमा जुटेकी उनि सबै माझ परिचित छिन। उनि विभिन्न अवसरमा फरक फरक ठाउँमा सहयोग गर्न पाउँदा खुसी लागेको बताउछिन । समाजसेवामा अग्रसर रहने मन्जुले आगामी दिनहरुमा पनि यस्तै सहयोग जारी राख्ने बताएकि छन ।

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

48 + = fifty five