तीज महोत्सव सफल बनाउन राष्ट्रिय चर्चित कलाकारहरु इजरायल आइपुगे बिमानस्थलमा गरियो भब्य स्वागत !(भीडीयो सहित )

इजरायल बिसेष

तिनजुरे अनलाइन!
झापाली समाज इजरायल तथा लायन्स फुटवल क्लब तेल अविभको आयोजनामा भोलि शुक्रबार हुने तीज मेघा महोत्सव सफल बनाउन राष्ट्रिय चर्चित कलाकारहरु इजरायल आइपुगेका छन !

राष्ट्रिय कलाकारहरु ,प्रताप दास शान्ति श्री परियार, तृष्णा गुरुङ बिहिवार  रातको १० बजे इजरायलको बेन्गुरियन बिमानस्थल आइपुगेका छन !

कलाकारको स्वागतका लागी अन्तराष्ट्रिय झापालि समाजका अध्यक्ष दिपक ओलि, प्रबक्ता खेमराज जमर कटेल,झापालि समाज इजरायलका उपाध्यक्ष बिष्णु उप्रेती,इजरायल गोर्खा एसुईएसनका अध्यक्ष किशोर चौहान , एन आर एन ए एन सि सि सदस्य बिशाल ज्ञवालि लायन्स तेल अभिबका संस्थापक तेन्जिङ शेर्पा लगायत स्वागत गर्न बेन्गुरियन बिमानस्थल
पुगेका थिए !

सेप्टेम्बर २२तारिक शुक्रवार साझ ७बजे दरखाने कार्यक्रम सङै तेलअबिभको हागना १३५को हलमा नेपालबाट आमन्त्रित ख्याति प्राप्त राष्ट्रिय कलाकारहरुले साझ ७ बजे देखी  भब्य सांगीतिक प्रस्तुती दिने झापाली समाज इजरायलका अध्यक्ष दुर्गा प्रसाद चापागाइले तिनजुरे अनलाइन लाई जानकारी दीएकी छन !

कार्यक्रममा उपस्थित भई रम्न रमाउन हुन र कार्यक्रम सफल बनाउन सबै कलाकारहरुले इजरायल बासी नेपालीलाइ अनुरोध गरेका छन!

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventy ÷ = seven