विभेदकारी संविधान जारी भएको दिन’भन्दै नेपाल आदिवासी जनजाती महासंघ इजरायले प्रशिक्षणात्मक तथा विरोध कार्यक्रम गर्दै !

इजरायल बिसेष

तिनजुरे अनलाइन !
काठमाडौं । भोलि असोज ३ गते अर्थात संविधान जारी भएको दिन । ०७२ असोज ३ गतेका दिन संविधान जारी भएको सम्झनामा भोलि देशैभरी विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउने गरिन्छ ।

सरकारले संविधान दिवशलाई राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गरेको छ। दिवसका अवसरमा सरकारले भोलि देशैभरी सार्वजनिक बिदा दिने पनि निर्णय गरेको छ ।

नेपाल आदिवासी जनजाती महासंघ इजराइलको आयोजनामा संविधान दिवसका दिन भोलि बुधबार २० तारिख सेप्टेम्वरमा प्रशिक्षणात्मक तथा विरोध कार्यक्रम हुँदै छ ।

‘असोज ३ विभेदकारी संविधान जारी भएको दिन’ आदिवासी जनजाती आन्दोलनको आवश्यकता, प्राप्त उपलव्धिको संरक्षण र संविधान संशोधनको अपरिहार्यता विषयक प्रशिक्षणात्मक तथा विरोध कार्यक्रम हुने भएको हो ।

जुम भर्चअलमार्फत हुने उक्त कार्यक्रममको वक्ताका रुपमा समाजशास्त्री तथा आदिवासी अधिकारकर्मी डाक्टर कृष्ण बहादुर भट्टचन रहनुभएको छ । इजरायलको समय दिउँसो ३ बजे तथा नेपाली समयअनुसार साँझ को ५ बजेर ४५ मिनेटमा उक्त कार्यक्रम हुने आयोजक संस्थाले जनाएको छ ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirty nine ÷ thirteen =