प्रकाश पाक्साँवा
तेह्रथुम २० पौष
काठमाडौ निवासी हाल इजराईलमा रहनु भएका सुजता गौतमले आफ्नो जन्म दिनको अवसरमा विपन्न दुई परिवारलाई खाद्यन्य प्रदान गर्नु भएको छ । एक कार्यक्रमका बिच तेह्रथुम छथर गाउँपालिका २ का धर्मसिं लिम्बु र जितबहादुर तोलाङगीलाई खाद्यन्य प्रदान गर्नु भएको हो । लिम्बु र तोलाङगीलाई २५ किलो चामल,३ पोका तेल,दल र नुन प्रदा नगरिएको थियो । विपन्न परिवारलाई छथर गाउँपालिका २ का वडाध्यक्ष कुलबहादुर लिम्बुले प्रदान गर्नु भएको थियो । आर्थीक रुपमा विपन्न भएका परिवारलाई थोरै भएपनी राहात पुगोस् भन्ने उदेश्यका साथ खाद्यन्य सहयोग गरेको गौतमले बताउनु भयो । खाद्यन्य सहयोग गर्ने दातालाई धन्यावादका साथै वडाध्यक्ष लिम्बुले जन्मदिनको शुभकामना व्यत्तः गर्नु भएको थियो । खाद्यन्य वितरण कार्यक्रय जनप्रतिनिधी,कर्मचारीका साथै स्थानीयको उश्थितीमा सम्पन्न भएको थियो ।
समाजसेवि सुजता गौतमद्धारा जन्मदिनको अवसरमा छथरका विपन्न दुई परिवारलाई खाद्यन्य सामाग्री प्रदान
Facebook Comments: