इजरायलमा प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्मृतिमा खेलकुद प्रतियोगिता हुने !

इजरायल बिसेष समाचार

तिनजुरे अनलाइन!

इजरायलमा प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्मृतिमा विभिन्न खेलकुद प्रतियोगिता हुने भएको छ नेपाल आदिवासी जनजाति महासंघ इजरायलको आयोजनामा आउदो फेब्रुअरी १७ तारिख उक्त प्रतियोगिता हुन लागेको हो !

” प्रथम शहिद क्याप्टेन लखन थापा मगर अ्मर रहुन ” भन्ने मूल नाराका साथमा नेपाल आदिवासी जनजाति महासंघ इजरायलको आयोजनामा प्रथम शहिद क्याप्टेन लखन थापा मगरको १४७ औं स्मृती दिवसको अवसरमा
पुरुष भलिबल तथा मामानेट प्रतीयोगिता हुन लागेको अध्यक्ष कुमार आङदेम्बे अबिले जानकारी दीएका छन् !

बिजेताले पाउने पुरस्कार बारे चाडैं नै जानकारी गराइने आयोजकले जनाएको छ फेब्रुअरी १७ तारिख सनिवार बिहान ९ बजे देखी तेल अभिबको लेभनिन्स्कि फूटसल ग्राउन्डमा आयोजना हुने कार्यक्रममा इजरायलमा स्थापित क्लब, संस्था खेलकुद प्रेमि नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा नेपाल आदिवासी जनजाति महासंघ इजरायल परिवार हार्दिक आव्हान सहित अपिल समेत गरेको छ !

साथै थप जानकारी लिन चाहे भलिबल तर्फ मन मास्की मगर 0539724945 कुमार आङ्देम्बे लिम्बु 054-3462324मामानेटको लागि नानीमाया योन्जन तामाङ 055-5571790मनु श्रेष्ठ. 054-9015616 लाइ सम्पर्क गर्न सकिने महासचिव रन्जना ग्याबक तामाङले जानकारी दीएकी छन् !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 9 =