समाजसेवि सुजता गौतमद्धारा जन्मदिनको अवसरमा छथरका विपन्न दुई परिवारलाई खाद्यन्य सामाग्री  प्रदान

समाचार

प्रकाश पाक्साँवा
तेह्रथुम २० पौष
काठमाडौ निवासी हाल इजराईलमा रहनु भएका सुजता गौतमले आफ्नो जन्म दिनको अवसरमा विपन्न दुई परिवारलाई खाद्यन्य प्रदान गर्नु भएको छ । एक कार्यक्रमका बिच तेह्रथुम छथर गाउँपालिका २ का धर्मसिं लिम्बु र जितबहादुर तोलाङगीलाई खाद्यन्य प्रदान गर्नु भएको हो । लिम्बु र तोलाङगीलाई २५ किलो चामल,३ पोका तेल,दल र नुन प्रदा नगरिएको थियो । विपन्न परिवारलाई छथर गाउँपालिका २ का वडाध्यक्ष कुलबहादुर लिम्बुले प्रदान गर्नु भएको थियो । आर्थीक रुपमा विपन्न भएका परिवारलाई थोरै भएपनी राहात पुगोस् भन्ने उदेश्यका साथ खाद्यन्य सहयोग गरेको गौतमले बताउनु भयो । खाद्यन्य सहयोग गर्ने दातालाई धन्यावादका साथै वडाध्यक्ष लिम्बुले जन्मदिनको शुभकामना व्यत्तः गर्नु भएको थियो । खाद्यन्य वितरण कार्यक्रय जनप्रतिनिधी,कर्मचारीका साथै स्थानीयको उश्थितीमा सम्पन्न भएको थियो ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ sixty nine = seventy three