एन आर एन ए इजरायलले तीज तथा चोथा पर्बको अबशरमा दर खाने तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै !

इजरायल बिसेष

 

इजरायल
गैर आबासीय नेपाली संघ ,राष्ट्रिय समन्वय परिषद (NRNA-NCC) इजरायलले नेपाली हिन्दु नारीहरुको  महान पर्व हरितालिका तिज तथा नेवा: समुदायको मौलिक पर्व चोथा:पुजा (२०८१) को पावन अबसरमा निसुल्क दर खाने कार्यक्रम तथा सुभकामना आदानप्रदानको कार्यक्रम आयोजना गरेको छ !

आउदो अगस्ट ३० तारिख तेल अविभ एभरेस्ट डिस्को हलमा बेलुका ५ बजे देखी उक्त कार्यक्रम हुने बताईएको छ !

अघिल्लो सुचनामा नेपालबाट आमन्त्रित राष्ट्रिय कलाकारहरुको साथमा कार्यक्रम  हुने भनिएता पनि इजरायलको युद्धको कारण नेपालदेखी कलाकार ल्याउन कठिन भएको महासचिव अलि मीयाले जानकारी दीएका छन् !

स्थानिय कलाकारको भब्य प्रस्तुति रहने उक्त कार्यक्रममा
तिजको दर लगायत , नाच्न गाउन र रमाउन इजरायलमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरू क्रियाशील सङ्घ संस्थाहरू, समाजसेवीहरू, सञ्चार कर्मीहरू लगायतका इजरायलमा रहेका सम्पूर्णमा जानकारी गराउँदै उपस्थितिको लागि हार्दिक अनुरोध गरिएको छ ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ninety − = eighty three