इजरायल देखी नयाँ बर्षको अबसरमा गायक  राज लिम्बुले  “जलेर खरानी” बोलको गीत सार्बजनिक गरे !

इजरायल बिसेष समाचार

तिनजुरे अनलाइन !
गायक सर्जक तथा सङीतकार राज लिम्बुको जलेर खरानी बोलको मार्मिक गीत इजरायल देखी सार्बजनिक भएको छ !

गायक  राज लिम्बू आफैले यो गीतलाई शब्द संगीत दिएका हुन भने भिडियोलाई  माबो कृयसनले उत्पादन गरेको हो।भने एरेन्ज  पुस्कर सुनुवारले गरेका हुन !

जलेर खरानी बोलको मर्मस्पर्सि गीत कुनै  प्रेमिले नया बर्स मनाउन आफ्नो घर गई  रहेकी प्रेमिकालाई प्रान्क  गर्दा प्रेमिकाले  ज्यान गुमाउनु पर्दाको पश्चताप ,पिडाको कथा बोकेको यस गीतले नया बर्ष आउदै गर्दा यस्तै घटना हुन सक्छन र सतर्क हुनु पर्छ भन्ने सन्देश समेत दीएको गायक राज लिम्बुले बताए !

   इजरायलका विभिन्न ठाउमा छायांकन गरिएको गीतमा इजरायलमै रहेकी     आउदा दिनमा समेत कलाकारिताको क्षेत्रमा निकै सम्भावना बोकेकी बिष्णु कट्टेल र राज लिम्बुको अभिनय रहेको छ !गीतलाइ राज लिम्बु युट्युब  च्यानल मार्फत सार्बजनिक गरिएको छ !

परदेशमा रहेर पनि नेपाली गीत सङीतको जगेर्नाको गर्न गायक राज लिम्बुले विभिन्न गीतहरु सार्बजनिक गर्दै आएका छन्   केहि समय पहिले “हाउ लुङा ” बोलको चर्चित गीतले धेरै दर्शक सामु चिनाउन सफल भएको थियो !

केहि महिना अघि सार्बजनिक भएको” म पागल” बोलको गीत चर्चित भए सङै सर्जक तथा गायक लिम्बुले उक्त   गीतलाइ महिला संस्करण (female versan ) भावना थापाको आवाजमा सार्बजनिक समेत  गरेका थिए! राज लिम्बुको शब्द संगीतमा अञ्जु पन्तको आवाजमा आगामि दिनमा चाडैं नया गीत समेत आउदै गरेको उनले तिनजुरे अनलाईन लाइ जानकारी दिएका छन !

हेरौं राज लिम्बुको जलेर खरानी बोलको गीत

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× two = ten