ग्रिसमा हुने क्याच एन्ड सर्भ बल” महिला विश्वकप प्रतीयोगिताका लागी   नेपाली महिला टोलि ग्रीस पुगे  !

खेलकुद समाचार

तिनजुरे अनलाइन !

ग्रिसमा हुने क्याच एन्ड सर्भ बल” महिला विश्वकप प्रतीयोगिताका खेल्न  नेपाली महिला टोलि ग्रीस पुगेका छन्  !
ग्रिसको लउत्राकी शहरमा जुन ३ देखि ६ सम्म चल्ने उक्त खेलमा ७ जना नेपाली महिलाले सहभागी जनाउदैछन् जसमा नेपालबाट ४ जना खेलाडी   ग्रीस पुगेका  छन जसमा माला खनाल, बिसु पाण्डे, कादम्बरी दाना श्रेष्ठ र निर्मला गुरुङ रहेका छन् भने बाँकि तिन जना लमु आल्मोग, दिना न्यौपाने र पवित्रा ढकाल इजरायलबाटै ग्रिस पुग्नेछन्।

उनीहरूले आफ्नै पहलमा उक्त खेल खेल्न नेपालको प्रतिनिधित्व गर्दै त्यसतर्फ गएका छन्। नेपालमा यस खेलबारे चर्चा नभएको र खेलकुद परिषद् पनि यसमा खासै जानकार नरहेको कारण उनीहरू आफैँले पहलकदमी लिएर खेल्न गएको अध्यक्ष तथा खेलाडी कादम्बरी दाना श्रेष्ठले जानकारी दीएकी छन्।

वैदेशिक रोजगारीको सिलसिलामा इजरायलमा रहदा नेपाली महिलाहरूले सिकेको ”क्याच एन्ड सर्भ बल” खेललाई नेपालमा भित्राएपछि यसले विस्तारै चर्चा पाउदै छ ।

आइतबार नेपाली टोलीका शुभचिन्तकहरुले ग्रिस जान लागेको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली झन्डा उपलब्ध गराउँदै सफलताको शुभकामना व्यक्त गरेका थिए ।

यसपटकको क्याच एन्ड सर्भ बल’ वर्ल्ड स्पोर्ट्समा तीन हजार ५ सयभन्दा बढी खेलाडी, प्रशिक्षक र पदाधिकारी सहभागी हुँदै छन्। यो संख्याले अहिलेसम्मकै सबैभन्दा बढी सहभागिता जनाउने कीर्तिमान बनाएको जनाइएकाे छ। प्रतियोगिता लउत्राकीको नगर हलमा हुनेछ। जहाँ इन्डोर्स हलमा ३ वटा कोर्टहरू छन्। एउटा अतिरिक्त कोर्ट नजिकै उपलब्ध हुने हुनाले त्यहाँ भने अभ्यास गराइनेछ। मिश्रित टाेलीलाई ६ र ७ जुनमा खेलाइनेछ।

उनीहरूले आफ्नै पहलमा उक्त खेल खेल्न नेपालको प्रतिनिधित्व गर्दै त्यसतर्फ गएका छन्। नेपालमा यस खेलबारे चर्चा नभएको र खेलकुद परिषद् पनि यसमा खासै जानकार नरहेको कारण उनीहरू आफैँले पहलकदमी लिएर खेल्न गएका  उक्त खेलकी कोच पेमा डोल्मा ह्योल्मोले बताएकि हुन !

वैदेशिक रोजगारीको सिलसिलामा इजरायलमा रहदा नेपाली महिलाहरूले सिकेको ”क्याच एन्ड सर्भ बल” खेललाई नेपालमा भित्राएपछि यसले विस्तारै चर्चा बटुल्दै छ !

नेपाली टोलीका शुभचिन्तकहरुले ग्रिस जान लागेको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली झन्डा उपलब्ध गराउँदै सफलताको शुभकामना व्यक्त गरेका थिए ।

यसपटकको क्याच एन्ड सर्भ बल’ वर्ल्ड स्पोर्ट्समा तीन हजार ५ सयभन्दा बढी खेलाडी, प्रशिक्षक र पदाधिकारी सहभागी हुँदै छन्। यो संख्याले अहिलेसम्मकै सबैभन्दा बढी सहभागिता जनाउने कीर्तिमान बनाएको जनाइएकाे छ। प्रतियोगिता लउत्राकीको नगर हलमा हुनेछ। जहाँ इन्डोर्स हलमा ३ वटा कोर्टहरू छन्। एउटा अतिरिक्त कोर्ट नजिकै उपलब्ध हुने हुनाले त्यहाँ भने अभ्यास गराइनेछ। मिश्रित टाेलीलाई ६ र ७ जुनमा खेलाइनेछ।

नेपालमा यसरी भित्रियो ‘क्याच एन सर्भ बल’

इजरायलमा रहदाखेरि मामानेट (Mamanet) खेलकुदमा सक्रिय रहेका नेपाली महिलाहरुको खेल समूह ‘युनाइटेड नेपाल’मा आबद्ध नेपाली खेलाडीहरुले नेपाल फर्किएपछि पनि सक्रियताको साथ लाग्ने उद्देश्यले कादम्बरी दाना श्रेष्ठको नेतृत्वमा गत बर्षको माघमा ‘क्याच एन सर्भ बल’ गठन गरेका थिए।

इजरायलको मामानेटमा ‘युनाइटेड नेपाल’ टिमलाई दर्ता गराउन त्यो बेला सन् २०१९/०२० मा तत्कालिन नेपाली राजदूत अन्जान शाक्य, तत्कालिन उपनियोग प्रमुख अर्जुन घिमिरे , तत्कालीन सहचारी प्रदिपसागर गिरि र समाजसेवि नीतु खतिवडाले बिशेष पहल गरेका थिए ।

दर्तापछि ‘युनाइटेड नेपाल’ले नेपाल र ईजरायल बीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औं वर्षगाँठको अवसर पारेर नेपाली राजदूतावास इजरायलले, ईजरायली संस्था मामानेट (Mamanet) सँगको सहकार्य मिति २०७८ जेठ १५ ( 2020, अक्टोबर) मा नेपाली र ईजरायली टिम बीच मैत्रीपूर्ण मामानेट ( Mamanet – Cachibol/Catchball) प्रतियोगिताको आयोजना गरेको थियो ।

उक्त प्रतियोगीतामा ३ नेपाली टिम र ३ ईजरायली टिम गरी जम्मा ६ टिम सहभागी थिए। छोटो समयको अभ्यासका बाबजुद ३ वटै नेपाली टिमबाट सन्तोषजनक खेल प्रदर्शन भएको थियो ।

युनाइटेड नेपाल टिममा केहि थपघट गरेर एउटा संयुक्त टिम बनाएर त्यो बेला इजरायलबाटै नेपालको प्रतिनिध्व गर्दै युनाइटेड नेपालकि कोच आन दान्बर्ग, क्याप्टेन बिष्णु कार्कीसहित खेलाडीहरु सुमि थापा र लमु सेर्पाकोले इटाली, स्पेन, अष्ट्रियामा एवार्ड दुईवटा एवार्ड जितेका थिए जुन नेपाली राजदूतावास तेलअविवमा राखिएको छ ।

यसरी तिन बर्षसम्म इजरायलको मामानेट (mamanet) संस्थामा आबद्ध भई मामानेट खेल खेल्दै २०२४ देखि युरोपसंग ‘क्याच एन सर्भ बल’ (catch`n serve Ball) मा दर्ता भएर २ बर्षदेखि युनाइटेड नेपालले पनि ‘क्याच एन सर्भ बल’खेल्दै आइरहेको छ ।

युरोपको धेरै देशमा गएर खेल्न सकिने ‘क्याच एन सर्भ बल'(catch`n serve Ball)को माध्यमबाट नेपाललाई चिनाउने उद्देश्यले उक्त खेल संस्था दर्ता गरिएको हो ।

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventy three − seventy two =