इजरायलमा कर्मथलो बनाएर नेपाल फर्केकी चेली पेन्ची तामाङको उपचारका क्रममा निधन..

इजरायल बिसेष समाचार

सुर्य बस्याल। इजरायलबाट बिरामी भएर नेपाल फर्केर्की नेपाली चेली पेन्ची तामाङको निधन भएको छ । लामो समयदेखि इजरायलमा काम गरेकी तामाङ उनी अस्वस्थ भएपछि केहीसमय अघि इजरायलबाट नेपाल फर्केकी थिइन ।

इजरायलमा सन् २००५ देखि कर्मथलो बनाउदै आएकी उनको घर नुवाकोट किप्साङ गाउँपालिका काहुले वडा नं –५ मा रहेको थियो । तामाङको उपचारको क्रममा नेपालमा निधन भएको खबर इजरायलमा रहेका समाजसेवी साथै नेपाल तामाङ्ग घेदुङ्ग इजरायलका पुर्व अध्यक्ष बीबी लामा तामाङले पुस्टि गरेका हुन् । तामाङ संवेदनशील रोग क्यान्सरबाट पिडीत भएपछि

एनआरएनए आईसीसी इजरायलले नेपाल जानको निमित्त हवाई टिकेटको ब्यवस्था गरेको थियो । उनी जनवरी १६ मा नेपाल फर्केकी थिइन ।

उनले इजरायलमा क्यान्सर भएपछि ३ महिना इजरायलमै उपचार गरेकी थिइन । त्यसैक्रममा स्वास्थ्यमा केही सुधार भएको भन्दै थप उपचारका लागि डाक्टरको सल्लाहमा उनी नेपाल फर्केकी थिइन ।

उनलाई नेपाल फर्किनका लागि एनआरएनए इजरायलले टिकेटको व्यवस्थसहित सहयोग गरेको बताउँदै उनी नेपाल फर्किएको जानकारी एनआरएनए इजरायलकी प्रवक्ता डोमा शेर्पाले केही महिना पहिले जानकारी दिएकी थिइन । उनको नियमति चेकजाँच तथा उपचारका क्रममै निधन भएको बताइएको छ ।

लाइट नेपालबाट

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 × = forty two