काठमाडौं – तमू समाज इजरायलले आफ्नो ११ औँ अधिवेशन गर्ने भएको छ ।
२०२५ जुलाई ११ तारिखका दिन इजरायलको तेल अभिवमा उक्त कार्यक्रम हुन लागेको आयोजक संस्था तमू समाज इजरायलले सामाजिक सञ्जालमार्फत बताएको छ ।
उक्त संस्था अ‘प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हम’, अर्थात् ‘शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृति हराउछ, संस्कृति हराए मानव जातिको अस्तित्व नै हराउछ” भन्ने मूल नाराका साथ इजरायलमा कार्यरत सम्पूर्ण तमूहरुलाई एकीकृत गरि तमू जातिको मौलिक भेष भुषा, भाषा, लिपि, कला, संस्कार, संस्कृति र पहिचानको सम्बर्द्धन, प्रबर्द्धन गर्दै आपसी सद्भाव, सामाजिक सदभाव कायम राख्दै भैपरि आउने कठिन परिस्थितिमहरुमा आर्थिक, नैतिक, भौतिक रुपमा साथ सहयोग गर्ने उदेश्यले २००६ सालमा स्थापना भएको हो ।
इजरायलमा बस्दै आएका सम्पूर्णलाई उक्त अधिबेशमा सहभागिता भइदिन आयोजक संस्थाले हार्दिक अनुरोध समेत गरेको छ ।