इजरायलका लागि महामहिम राजदूत डा. अन्जान शाक्यको विशेष पहलमा प्रधानमन्त्री ओली र इजरायली प्रधानमन्त्रीबीच वार्ता

इजरायल बिसेष

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुबीच टेलिफोन वार्ता भएको छ । उहाँहरुबीच दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बनाउने तथा उच्चस्तरीय भ्रमण आदानप्रदानको विषयमा कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ ।

इजरायलका लागि महामहिम नेपाली राजदूत डा. अन्जान शाक्यको विशेष पहलमा उहाँहरुबीच टेलिफोन वार्ता सम्भव भएको जनाउँदै बालुबाटार स्रोतले भनेको छ , दुई प्रधानमन्त्रीबीच नेपाली समय अनुसार गएराति पौने ११ बजे टेलिफोन वार्ता भयो । वार्ता सौहार्दपूर्ण रह्यो ।
प्रधानमन्त्री ओलीले हालै इजरायलमा सम्पन्न संसदीय आम निर्वाचनमा प्रधानमन्त्री नेतान्याहुका पार्टी विजय भएकोमा उहाँलाई बधाई दिनुका साथै नेपाल भ्रमणका लागि आग्रह गर्नुभएको छ । त्यसैगरी इजरायली प्रधानमन्त्री नेतान्याहुले प्रधानमन्त्री ओलीलाई इजरायल भ्रमणका लागि आग्रह गर्नुभएको बालुबाटार स्रोतले पुष्टि गरेको छ ।

.प्रधानमन्त्रीद्वयबीचको यो टेलिफोन वार्ताले राष्ट्रपति तहमा समेत भ्रमण आदानप्रदान हुने सम्भावना बढेको छ ।
तत्कालीन प्रधानमन्त्री बीपी कोइरालापछि नेपाल र इजरायलबीच उच्चस्तरीय भ्रमण हुन लागेको यो पहिलो पटक हुनेछ । बीपी कोइरालापछि प्रधानमन्त्री केपी शर्मा ओली र इजरायली प्रधानमन्त्रीबीच वार्ता भएको पनि यो पहिलो पटक हो । यो समाचार मैत्री न्युज डट कममा छ |

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

72 + = eighty two