नेपाली राजदुताबास इजरायलको प्रमुख आतिथ्यमा २७ औ बिश्व आदिबासि दिवस  मनाईने !

इजरायल बिसेष

तिनजुरे अनलाइन !नेपाली राजदुताबास इजरायलको प्रमुख आतिथ्य तथा नेपाल आदिबासि जनजाती महासंघ इजरायलको आयोजनामा २७ औ बिश्व आदिबासि दिवस  मनाईने भएको छ !

आउदो अगस्ट ९ तारिख सोमबार इज रायको समय २बजेर ३० मिनेट देखी सुरु हुने जुम अनलाइन एप्स मार्फत कार्यक्रममा प्रमुख अतिथि इजरायलका लागि नेपाली   महामहिम राजदुत डा.अन्जान शाक्य प्रमुख अतिथि रहने छन भने नेपालबाट विशिष्ट अतिथिमा नेफिन केन्द्रका अध्यक्ष जगत ब. बराम  विशिष्ट रहने आयोजकले जानकारी दीएका छन !

त्यस्तै बक्ताहरूमा  नेपालका आदिवासीहरुको मानव आधिकार मुद्दा सम्बन्धी वकिलहरूको समुह ( लहुर्निप )का अधिबक्ता अमृता थेबे साथै नेपाल आदिवासी जनाजाती महिला महासंघकी अध्यक्ष चिनिमाया माझी बाट उक्त कार्यक्रमलाइ सम्बोधन गरिने नेपाल आदिवासी जनजाति महासंघ इजरायलकी महासचिब राज कुमारी श्रेष्ठले जानकारी दीएकी छन ।

”विश्वका आदिवासी जनजाती एक हौं, आफ्नो भेषभुषा, भाषा, लिपि, कला, संस्कृतिको संरक्षण र सम्बर्द्धन गरौं।”
“पहिचान सहितको संघीयता र स्वायत्तताको लागि संविधान संशोधन हाम्रो अभियान !
धर्मनिरपेक्षता र पूर्ण समानुपातिक व्यवस्थाका लागि २७औं विश्व आदिवासी दिवस हाम्रो आन्दोलन !!” भन्ने मुल नाराका साथ २७औं विश्व आदिवासी दिवस मनाउन लागिएको आयोजकले जानकारी दीएका छन !

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ five = 1