इजरायलवाट २० करोड बराबरको स्वास्थ्य सामाग्री बोकेर फर्कियो राष्ट्रिय ध्वजावाहक विमान !

इजरायल बिसेष

इजरायल। नेपाली राजदूतावास इजरायलको पहलमा ईजरायल सरकार, इजरायलमा रहेका विभिन्न स्वास्थ्य संस्थाहरु, व्यवसायिक क्षेत्र/कम्पनी लगायतबाट संकलित तथा नेपाली दूतावास परिवार सहित ईजरायलवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुबाट संकलित सहयोग रकमबाट खरिद गरिएका स्वास्थ्य सामग्री तथा उपकरणहरु लिएर नेपाल एअरलाइन्सको विमान (Airbus 332) ईजरायलको तेल अभिव स्थित वेनगुरियन अन्तराष्ट्रिय विमानस्थलबाट काठमाडौंका लागि उडेको छ ।

नेपालको कोरोना विरुद्धको लडाईँमा साथ दिन ईजरायल सरकार, ईजरायलका विभिन्न गैरसरकारी संस्था/कम्पनी तथा दूतावास परिवार सहित ईजरायलवासी नेपालीहरुको संयुक्त प्रयासस्वरुप जुटाईएका ५८ थान भेन्टिलेटर, १२० थान Oxygen concentrator, Mobile Corona Testing Lab, PCR testing kits, Antigen testing kits, कोरोनाविरुद्ध लड्न सघाउने औषधीहरु, मास्क, PPEs, Gloves, Sanitizer, थर्मोमिटर लगायतका २० करोड नेपाली रुपैयाँ बराबरका COVID-19 सम्बन्धी करिब १८ टन विभिन्न स्वास्थ्य सामग्री लिएर नेपाल एअरलाईन्सको उक्त विमान उडेको हो।

नेपाली राजदूतावास इजरायलले आफ्नो आधिकारी फेसवुक पेज मार्फत ईजरायलमा नेपाली ध्वजावाहकको पहिलो औपचारिक उडान (मेडिकल कार्गो चार्टर्ड उडान) सम्भव तुल्याउँदै यस अभियानलाई निश्कर्षमा पुर्याउन सहयोग गर्नुहुने  प्रधानमन्त्री केपी शर्मा ओली  तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, CCMC, नेपाल एअरलाईन्स, भारत, पाकिस्तान, बहराईन, साउदी अरब तथा ईजिप्टस्थित नेपाली राजदूतावासहरु, ईजरायलस्थित नेपाली समुदायका साथै ईजरायली पक्षतर्फ ईजरायली परराष्ट्र मन्त्रालय, काठमाडौँस्थित ईजरायली राजदूतावास, सहयोग संकलन, पारवहन तथा अन्य धेरै क्षेत्रमा सहयोग पुर्याउनु हुने Israel – Nepal Friendship Association का President Mr. Nadav Ben Yehuda, ईजरायली शहरहरु क्रमश: Haifa र Beersheba का लागि नेपालको अवैतनिक वाणिज्यदूत Mr. Nimrod Berger र Mr. Ilan Nir, Israel-Asia Chamber of Commerce की President Ms. Anat Bernstein- Reich, दूतावासकी अनन्य मित्र Ms. Nirit Ofir, ईजरायलको Ben Gurion International Airport का Special flight Manager Mr. Yoni Horowitz लगायत सम्पूर्ण दातृ निकाय तथा सहयोगी मनहरुमा  हृदयदेखि नै आभार प्रकट गरेको बताएको छ ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ thirty seven = forty three