नेपाल तामाङ घेदुङ इजरायलको पन्ध्रौँ वार्षिकोत्सव तथा एघारौँ अधिवेशन हुदै.

इजरायल बिसेष

काठमाडौं.
नेपाल तामाङ घेदुङ इजरायलको पन्ध्रौँ वार्षिकोत्सव तथा एघारौँ अधिवेशन आगामी १४ नोभेम्बर २०२५ शुक्रबारको दिन हुने भएको छ ।

नेपाल तामाङ घेदुङ इजरायलले उक्त अधिवेशनमा उपस्थितको लागि इजरायलमा भएका नेपालीहरुलाई निमन्त्रणा गर्दै, घेदुङको नयाँ सदस्यता बन्न एवं पुरानो सदस्यता नविकरण गर्न इजरायलमा कार्यरत नेपाली तामाङहरूलाई अनुरोध गरिएको छ ।

संस्थाद्वारा जारी सूचना अनुसार पन्ध्रौँ वार्षिकोत्सव तथा एघारौँ अधिवेशनको निर्वाचन समितिको संयोजकमा संस्थाको पूर्वअध्यक्ष छत्र गोले तामाङलाई चयन गरिएको छ ।

निर्वाचन समितिले बैधानिक सदस्यता नभएको अवस्थामा एघारौँ अधिवेशनको बन्दशत्रमा भाग लिन अयोग्य ठहराउने हुँदा संस्थाले यही मिति १४ अक्टोबर देखी ९ नोभेम्बर २०२५ सम्म मात्र संस्थाको सदस्यता फाराम र उम्मेदवारी फाराम खुल्ला गरिएको निर्वाचन समितिको संयोजक छत्र गोले तामाङले बताएका छन् ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty one + = twenty two