तीज मेघा महोत्सव सफल बनाउन राष्ट्रिय चर्चित कलाकारहरु इजरायल आइपुगे

इजरायल बिसेष

तिनजुरे अनलाइन !
एन आर एन ए इजरायल र झापाली समाज इजरायलको आयोजनामा शुक्रबार हुने तीज मेघा महोत्सव सफल बनाउन राष्ट्रिय चर्चित कलाकारहरु इजरायल आइपुगेका छन !

कलाकारहरु गायक राजन राज सिवाकोटी , कुलेन्द्र बि क,लोक गायिका टिका सानु, बिहिवार  रातको १ बजे इजरायलको बेन्गुरियन बिमान स्थल आइपुगेका हुन भने गायक पुस्पन प्रधान भने बुधबार नै इजरायल आइसकेका छन !

कलाकारको स्वागतका लागी एन आर एन एन सि सि सदस्य बिशाल ज्ञवालि एन आर एन एन इजरायलका अध्यक्ष गणेश गिरि महासचिव श्री कृष्ण भण्डारी अन्तराष्ट्रिय कलाकार मंच इजरायलकी पुर्ब अध्यक्ष कादम्बरि दाना श्रेष्ठ अन्तराष्ट्रिय झापालि समाजका प्रबक्ता खेमराज जमर कटेल लगायतले स्वागत गरेका थिए !

अगस्ट १६ तारिक शुक्रवार साझ ७बजे तेलअबिभको युनिभर्सिटि हलमा नेपालबाट आमन्त्रित ख्याति प्राप्त राष्ट्रिय कलाकारहरुले साझ ७ बजे देखी  भब्य सांगीतिक प्रस्तुती दिने झापाली समाज इजरायलका कार्यबाहक अध्यक्ष दुर्गा प्रसाद चापागाइले तिनजुरे अनलाइन लाई जानकारी दीएकी छन !

कार्यक्रममा उपस्थित भई रम्न रमाउन हुन र कार्यक्रम सफल बनाउन सबै कलाकारहरुले इजरायल बासी नेपालीलाइ अनुरोध गरेका छन!
कार्यक्रमका मुख्य संयोजक एन आर एन ए एन सि सि सदस्य बिशाल ज्ञवालि त्यस्तै अन्तराष्ट्रिय झापालि समाजका अध्यक्ष दिपक ओलि रहेका छ त्यस्तै सहआयोजक संस्थाहरुमा नमस्ते नेपाल समन्वय समिती इजरायल, हिन्दजागरन इजरायल, चितवन समाज इजरायल,मातृभुमिका लागी पर्बत सेवा समाज इजरायल, इजरायल गोर्खा एससियसन, इन्डीयन गोर्खा कम्पनी , सहहृदयता अन्तराष्ट्रिय इजरायल रहेका छन !

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× four = sixteen