विश्व नेपाली साहित्य महासंघ शाखा इजरायलको आयोजनामा इजरायलमा २०५ औ भानु जयन्ति मनाइयो |

इजरायल बिसेष

देव बास्कोटा, तिनजुरे अनलाइन/

विश्व नेपाली साहित्य महासंघ शाखा इजरायलको आयोजनामा गत शुक्रबार इजरायलको तेलअबिबमा आदिकवि भानुभक्त आचार्यको २०५ औ जन्म जयन्ती भब्य रुपमा सम्पन्न भएको छ |

 

शुक्रबार साझ ६ बजे तेलअबिबको  यशोधामाला मा  सुरु  भएको उक्त कार्यक्रममा एन आर एन ए इजरायलका बरिस्ट उपाध्यक्ष  शान्ता ज्ञवाली   प्रमुख अतिथि,   नेपाल आदिबासी जनजाति महासंघका दितिय उपाध्यक्ष श्री सैलेन्द्र राइ  विशेष अतिथि   त्यसै गरि बिशेष अतिथिमा प्रवासी नेपाली मंच इजरायलका अध्यक्ष  तिर्थ गौतम तथा इजरायलमा विभिन्न लक्ष्यका साथ स्थापना भएका  धार्मिक ,सामाजिक, राजनीतिक, साहित्यीक,संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि, मिडियाकर्मी  लगायत इजरायलमा कार्यरत नेपाली दाजु भाइ दिदि बहिनि साहित्यप्रति कलम चलाउने श्रस्ठाहरुको बाक्लो उपस्थिमा उक्त कार्यक्रम सम्पन्न भएको हो |

विश्व नेपाली साहित्य महासंघ शाखा इजरायलकी सचिब भीमा थापा कार्की ले संचालन गर्नु भएको उक्त कार्यक्रममा संस्थाकी अध्यक्ष सानु गुरुङले स्वागत मन्तब्य राख्नु भएको थियो |

त्यस्तै उक्त संस्थाका  बरिस्ठ उपाध्यक्ष गणेश गौतम {सागर}ले संस्थाको गतिबिधि बारे जानकारी गराउनु भएको थियो भने एन आर एन ए इजरायलका बरिस्ट उपाध्यक्ष  शान्ता ज्ञवाली जन सम्पर्क समिति इजरायलका अध्यक्ष डम्बर गुरुङ  त्यस्तै साइ सेन्टर इजरायलकी अध्यक्ष नेहा गुरुङ लगायत विभिन्न संघ संस्था बाट आउनु हुने महानुभावहरुले   शुभकामना मन्तब्य राख्नु भएको थियो |

इजरायलमा कार्यरत रही उक्त कार्यक्रम सफल बनाउन प्रतक्ष अप्रतक्ष सहयोग गर्नु हुने  महानु भाव लगायत  साहित्य स्रष्टा सर्जक महानुभावहरु साथै सम्पूर्ण साहित्य अनूरागी दाजूभाई दिदीबैनी सम्पूर्ण संघ संस्थाका महानुभाव प्रतिनिधि अनलाइन मीडियाका संचारकर्मी लगायत सम्पूर्ण  विश्व नेपाली साहित्य महासंघ शाखा इजरायलकी अध्यक्ष सानु गुरुङले हार्दिक धन्यवाद ब्यक्त गरेकि छन् |

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ four = ten