प्रथम जिल्ला स्तरीय क्याच एन्ड सर्भ बल टुनामेन्ट २०२६ हुने !

खेलकुद

तिनजुरे अनलाईन

मनास्लु महिला क्षमता विकास केन्द्रको आयोजनामा आगामी १७ माघ शनिवार
गोकर्णेश्वर नगरपालिका ४ को खेल मैदानमा प्रथम जिल्ला स्तरीय क्याच एन्ड सर्ब बल टुनामेन्ट २०२६ हुने भएको छ !

“खेलमा समानता,स्वास्थको लागि खेल,चूला चौका देखि अन्तराष्ट्रीय खेल मैदान सम्म “भन्ने मूल उद्देश्य लिएर पहिलो पटक गत साल स्थापना भएको हो !

गोकर्णेश्वर नगरपालिकाको प्रायोजकमा
सम्पन्न हुने उक्त खेल बारे गत मंगलबार पत्रकार सम्मेलन समेत भएको छ !

उक्त पत्रकार सम्मेलनमा सभाध्यक्ष कावा अध्यक्ष पेम्बा डोल्मा लामा ,प्रमुख अतिथि युवा तथा खेलकुद बिकास समिति अध्यक्ष संजय लामा ,विशेष अतिथि सल्लाहकार तथा म्यानेजर युवराज लामा ह्योल्मो,टिम कैप्टेनहरू र खेलाड़ी दिदीबहिनी साथै मिडिया कर्मी लगायतको उपस्थिति रहेको कार्यवाहक महासचिव निर्मला गुरुङले जानकारी दिनु भएको छ !

उक्त खेलमा सगरमाथा ,अन्नपूर्ण ,मकालु गौरीशंकर, लइ लामा,लुजा ग्रुप लगायतका ६ वटा टिम सहभागी छन् !

उक्त प्रतीयोगितामा पहिलो दोश्रो र तेस्रो हुने टिमले -ट्रफ़ी मेडल र प्रमाण पत्र साथै बेस्ट प्लेयरले ट्रफि प्राप्त गर्ने

गोकर्णेश्वर लाइक एकेडेमिको खेल मैदानमा बिहान ८ बजे देखी उक्त खेल सुरु हुने आयोजकले जानकारी दीएका छन !

पत्रकार सम्मेलन झलक फोटो

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty three + = 24