सातौं संस्करण वलिहाङ कप फुटबल प्रतियोगिता बारे किरात याक्थुङ चुम्लुङ इजरायलले पत्रकार सम्मेलन गर्दै !

खेलकुद देश विदेश

तिनजुरे अनलाईन !

किरात याक्थुङ चुम्लुङ इजरायलले  सातौ  संस्करण वलिहाङ कप फुटबल प्रतीयोगिता ५०८३को पत्रकार सम्मेलन आउदो२२ सेप्टेम्बर शुक्रबार लेभनिन्की ९९ को आठौं तलामा  साझ ४ :३० बजे गर्ने भएको छ !

सन २०१६ देखी हरेक साल  वलिहाङ कप फुटबल प्रतियोगिता संचालन गर्दै आएको किरात याक्थुङ चुम्लुङ इजरायलले  उक्त पत्रकार सम्मेलनमा फूटबल क्लब,मेनेजर,कोच,खेलाडी लगायत खेल प्रेमी सम्पुर्णमा उपस्थितिको लागि अनुरोध समेत गरेको छ !

पुरस्कार राशी लगायत खेलका विभिन्न नियमहरु साथै खेल हुने स्थान   पत्रकार सम्मेलनका दिन जानकारी गरिने अध्यक्ष नुमा बोखिमले  जानकारी दीएकी  छन !

सुचना यस्तो छ !

__________ सूचना _________

”एकता र मित्रताको लागि फूटबल”

भन्ने मुख्य नाराका साथ किरात याक्थुङ चुम्लुङ इजरायलले  बिगत २०१६ देखि नै  बलिहाङ तङनामको सुखद अवसरमा  “बलिहाङ कप” फूटबल प्रतियोगिता संचालन गर्दै आइरहेको यहाँहरुलाई अवगत नै छ । यस बर्ष पनि निरन्तरता दिदै  सातौं  संस्करण  “बलिहाङ कप -५०८३/2023 ” फुटबल प्रतियोगिता बारे सम्पूर्ण जानकारी गराउनको निमित्त यहि आउदो मिति 22 september 2023 शुक्रबार साझ 4:30 बजे लेभेन्स्की ९९ नयाँ बिल्डिङ ८ तलामा पत्रकार सम्मेलन राखीएको हुँदा इजरायलमा क्रियासिल क्लबहरु र क्लबका मेनेजर , कोच , खेलाडी लगायत खेल प्रेमी सम्पुर्णमा उपस्थितिको लागि लुङ्मेदिन अनुरोध गर्दछौं । नोगेन

किरात याक्थुङ चुम्लुङ इजरायल

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

84 + = ninety two