किरात याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा हुने “बलिहाङ कप” फूटबल प्रतियोगिता पाँचौं संस्करणको तयारी पुरा ।

इजरायल बिसेष खेलकुद

तीनजुरे अनलाइन ।

किरात याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा आउदो नोभेम्बर ५ तारीख शुक्रबार साझ हुन लागेको बलिहाङ कप” फूटबल प्रतियोगिताको पाँचौं संस्करण पूर्ण तयारी भएको छ ।

बलिहाङ कप -२०२१” फुटबल प्रतियोगिता ”एकता र मित्रताको लागि फूटबल” भन्ने नाराका साथ किरात याक्थुङ चुम्लुङ इजरायलले गत इ.स. २०१६ देखि बलिहाङ तङनाम सुभ दिपावलीको अवसरमा निरन्तर आयोजना गरिरहेको छ।

इजरायल मा स्थापित विभिन्न फूटबल क्लबहरुलाई सहभागिता भइ प्रतियोगितालाई सफल बनाउन KYC FC द्वारा सुचना जारी गरेको थियो जस अनुसार राइजिङ स्टार फूटबल क्लब ‘ माउन्ट एभरेस्ट फूटबल क्लब ‘ कायापलट फूटबल क्लब ‘दार्जलिङ भेटरेन फूटबल क्लब ‘हाइफा टाइगर फूटबल क्लब र
आयोजक: किरात किरात याक्थुङ चुम्लुङ फूटबल क्लब सहभागी रहेका छन ।

इजरायलको खुलोन स्थित वोल्फ़सन ग्रास ग्राउन्ड मा नोभेम्बेर ५ तारिख शुक्रवार साझ सुरु हुने उक्त प्रतियोगितामा प्रथम हुनेले ट्रफी,मेडल प्रमाणपत्र र ८ हजार इजरायली सेकल प्राप्त गर्ने छन भने दोश्रो हुनेले ट्रफी,मेडेल,प्रमाणपत्र र ३ हजार ५ सय सेकेल त्यस्तै फेयर प्ले टिम: ट्रफी
बेस्ट गाेल किप्पर – ट्रफी, स्मार्ट फोन बेस्ट डिफेन्स – ट्रफि, स्मार्ट फोन Most Valuable Player of the Tournament -ले ट्रफी , स्मार्ट फोन ,हाइ स्कोर – ट्रफी ,स्मार्ट फोन प्राप्त गर्ने आयोजक संस्था किरात याक्थुङ चुम्लुङ इजरायलका पूर्व अध्यक्ष तथा आयोजक: किरात किरात याक्थुङ चुम्लुङ फूटबल क्लबका टिम मेनेजर कुमार आङदेङबे (अभि)ले जानकारी दिएका छन् !

तेल अभिभ पार्क वाट खेल मैदान सम्म जानकाे लागि निशुल्क बसकाे व्यवस्था समेत गरिएकाे जानकारी गरिएको छ ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ fifty seven = 64