नि:शुल्क प्राथमिक उपचार तालिम अभियान जारी । सुदुर पश्चिममा स्वास्थ्य चेतना बाँडदै अभियन्ता उप्रेती

समाचार

असोज १०
अछाम- रास्ट्रको लागि नि:शुल्क प्राथमिक उपचार तालिम अभियानको चौथो चरणको तालिम सुदुर पश्चिमका १२ जिल्लामा चलिरहेको छ । यो अभियान लिएर अभियन्ता ओम उप्रेतीको साथमा युएईका चिरपरिचित सामाजिक अभियन्ता हेमन्त पौडेल पनि सुदुर पश्चिमको अभियानमा प्रत्यक्ष जोडिएका छन् ।
आफ्नो काम र ब्यावसाय छाडेर विकट पहाडी जिल्लाहरुमा स्वास्थ्य चेतना बाँडेर आखिर के पाउलान् ओम उप्रेतीले ? धेरैले सोध्ने यो प्रस्नको जवाफमा अभियन्ता उप्रेतीले भने- म आफुले बिदेशमा सिकेको कुरा स्वदेशमा सिकाउन पाउँदा आत्मसन्तुष्टि पाउछु । आत्मसन्तुष्टिका लागि नि:शुल्क प्राथमिक उपचार तालिम

गत असोज ५ देखि १७ सम्ममा सुदुर पश्चिमका १२ जिल्लामा भइरहेको तालिम अभियान जारी छ ।
मानव जिवनमा अति उपयोगी सिद्ध यो तालिम युएईमा कार्यरत व्यावसायी चितवनका ओमप्रसाद उप्रेतीले नेपालका सबै जिल्लाहरुमा नि:शुल्क आयोजना गर्दै आएका छन् । हालसम्म तीन चरण गरेर २६ जिल्लामा यो तालिम सम्पन्न गरिसकेका डिस्कभरी रोयल स्पोर्ट्स एलएलसीका प्रवन्ध निर्देशक समेत रहेका यो अभियानका परिकल्पनाकार तथा मुख्य प्रशिक्षक उप्रेतीले तालिममा भाग लिनका लागि सम्पर्क गर्न इच्छुक सबैलाई अनुरोध गरेका छन् ।

गत असोज ५ गते आइतबार दार्चुला जिल्लाको नौगाड गाउँपालिकाको कार्यलयमा तालिम कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको अभियान सहयोगी दामोदर सिंहले बताएका छन् । दोश्रो दिन असोज ६ गते, सोमबारमा बैतडीको जगन्नाथ बहुमुखी क्याम्पसमा सोही तालिम आयोजना गरिएको र उक्त तालिममा जिल्ला प्रहरी कार्यालय बैतडीका इन्चार्ज डिएसपी डिल्लीनारायण पाण्डेको सहकार्यमा रहेको अभियन्ता उप्रेतीले बताएका छन् ।

अभियानको तेस्रो दिन असोज ७ गते, मंगलबार बझाङ जिल्लाको शिक्षोदय मावि, बाघथलामा नि:शुल्क प्राथमिक उपचार तालिम आयोजना भएको थियो । चौथो चरणको चौथो दिन असोज ८ गते, बुधबार डडेल्धुरा जिल्लाको पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गाउँ गन्यापुरमा रहेको सरस्वती माविमा सोही तालिम आयोजना गर्ने योजना गरिएको अभियान सहकर्मी तथा संयोजक हेमन्त पौडेलले जानकारी दिएका छन् ।
अभियानको पाचौ दिन असोज ९ गते, बिहिवार डाेटीको पवित्र माविमा प्रधानाध्यापक टीना थापाको सहजीकरणमा तालिम सम्पन्न भएको थियो ।

यसैगरी, असोज १० गते, शुक्रबार अछामको एक केन्दमा तालिम संचालनको तयारी गरिएको सम्पर्क ब्याक्ति भवानी जोशीले बताएका छन् । अभियानको सातौ दिन असोज ११ गते, शनिबार बाजुराको एक उपयुक्त स्थानमा तालिम संचालन गरिने सम्पर्क ब्याक्ति उमेश शाहीहिक्मत थापा र महेश कार्कीले जानकारी दिएका छन् । यही तालिम असोज १३ गते, सोमबार कंचनपुर जिल्लामा गरिने सम्पर्क ब्याक्ति पदम बिस्ट र कर्ण चन्दले जनाएका छन् ।

असोज १४ गते, मंगलबार : कैलाली जिल्लाको सामुदायिक प्रहरी भवन, हसनपुर, पिपल चौतारा, धनगढीमा यो तालिम आयोजनाको तयारी भएको
सम्पर्क ब्याक्ति धनीराम भण्डारी र चेतन थापाले जनाएका छन् । असोज १५ गते, बुधबार बर्दियामा यो तालिम आयोजना गरिनेछ भने असोज १६ गते, बिहिवार बाँकेजिल्लाको स्वस्तिक होटल, न्युरोड, नेपालगन्जमा नि:शुल्क प्राथमिक उपचार तालिम आयोजना हुने तयारी तीव्र पारिएको सम्पर्क ब्याक्ति राहुल कौशलले जानकारी दिएका छन्

चौथो चरणको समापन कार्यक्रम असोज १७ गते, शुक्रबार दाङ जिल्लामा आयोजना गर्ने तयारी गरिएको छ । लमही उध्योग बाणिज्य संघको सभाहल
आयोजना गरिने तालिममा सहभागी हुन १८ वर्ष उमेर पुगेका सबै नेपाली नागरिकलाई सम्पर्क व्याक्ती शान्त गिरी रताराप्रसाद खनालले बताएका छन् । समापन कार्यक्रमको दिन भव्य रुपले मनाउन दाङ-देउखुरी सेवा समाज युएईले समन्वय गरिरहेको दाङ-देउखुरी सेवा समाज युएईका अध्यक्ष कमल गिरीले जानकारी दिएका छन् ।

नि:शुल्क प्राथमिक उपचार तालिम अभियान-युएईले उक्त तालिममा १६ वटा रोगहरु वा विपत्तिमा केकसरी व्याक्तिलाई बचाएर अस्पतालसम्म पुर्‍याउने भन्ने बारेमा अत्याधुनिक तरिकाले व्यावहारिक तालिम दिइन्छ ।


Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + one =