एमाले सिध्याउँछु भन्नु पहरामा कुहिनो ठोक्नु जस्तै होः शंकर पोखरेल

समाचार

काठमाडौं।

नेकपा एमालेका नेता शंकर पोखरेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशप्रति गर्न नहुने घात गरेको आरोप लगाएका छन् ।

दोलखाको चरिकोटमा बुधबार कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पोखरेलले यस्तो बताएका हुन् ।

माधव नेपाल कम्युनिस्ट आन्दोलन सक्ने बाटोमा लागेर एमाले छाडेको उनको आरोप छ ।

उनले भने ‘उहाँ सक्छु भनेर लाग्नु भएको छ । एमाले सक्नु भनेको पहरामा कुहिनो ठोक्नु हो । उहाँलाई थाहा छ।’

नेता नेपाल र प्रचण्ड कम्युनिस्ट आन्दोलन सक्न कांग्रेसको पछि लागेको पनि उनको आरोप थियो ।

पोखरेलले भनेका छन्, ‘नेपाली कांग्रेस निराश बनेको थियो, माधव र प्रचण्डले आशा जगाइरहेका छन्।

कम्युनिस्टको जनमतलाई घात गर्ने नेतालाई जनताले माफ दिने छैनन् ।’

देश बर्बादीतर्फ गएको जिम्मा नेपाल र प्रचण्डले लिनुपर्ने उनको तर्क थियो ।

तर नेकपा एमाले भने विधान महाधिवेशनबाट थप बलियो बनेर आएको नेता पोखरेलले दाबी गरे।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− two = five