गायक विरेन्द्र श्रेष्ठ र गायिका मेलिना राईको “जाले रुमाल”बोलको गीत सार्वजानिक भिडियो सहित!

गीत संगीत

१३असोज, ।चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको आवाजमा रहेको जाले रुमाल बोलको गीतको म्युजिक भिडियो केहि बेर अघि सार्वजानिक भएको छ । पछिल्लो समयमा धेरै गीतहरुलाई चर्चाको सिखरमा पु¥याएको युट्युव च्यानल ईनाक्सी ईन्टरटेनमेन्ट बाट आज अपरान्ह ४ बजे उक्त म्युजिक भिडियो सा’र्वजानिक भएको हो ।

भीम विष्टको शब्द संगीत, नरेन्द्र वियोगीको संगीत संयोजन र स्यामस्वेत रसाईली को ध्वनी सम्वादन मा तयार उक्त गीतको भिडियो मा पल साह, रियासा दहाल, सरोज अधिकारी, आस्मा विश्वकर्मा लगायत फिचर्ड छन् । गम्भीरविष्टको निर्देशनमा म्युजिक भिडियो तयार भएको हो । याक एण्ड यति होटलका मुख्य तीन वटा हल र बाहिरका विभिन्न क्षेत्रमा छायाङ्कन गरिएको भिडियो निकै आकर्षक छ ।

लोक लयमा आधारित जाले रुमाल प्रेमिल र मिठासपुर्ण रहेकाले यस गीतको म्युजिक भिडियोलाई आम श्रोता तथा दर्शकले रुचाउने र चर्चा योग्य हुनेमा आफु विस्वस्थ रहेको गायक श्रेष्ठले बताउनुभयो । जलविद्युतको क्षेत्रमा काम गर्दै आउनुभएका वरिष्ठ ईन्जिनियर श्रेष्ठ पछिल्लो समयमा सांगीतिक क्षेत्रमा मेहनतका साथ लाग्नुभएको छ । उहाँको स्वरमा यस अघि बजारमा आएका हिउँ प¥यो फुरुरु, घर हाम्रो लेकैमा, पिरिमको बाडी लगायतका गीतहरु चर्चाको सिखरमा पुगेका थिए ।                                      https://youtu.be/R73DlGl9jIk

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine × 1 =