सगरमाथा साहित्य प्रतिष्ठान नेपालले पायो पूर्णता, विभिन्न उपसमिति गठन

देश विदेश समाचार

तिनजुरे अनलाइन !

युएईमा साधनारत साहित्यकर्मीहरुको साहित्यिक संस्था सगरमाथा साहित्य प्रतिष्ठान नेपाल केन्द्रीय कार्यसमितिले पूर्णता पाएको छ ।
अधिबेशनपछि गत फेब्रुअरी २२ मा बसेको कार्यसमितिको पहिलो अनलाइन बैठकले कार्यसमितिलाई पूर्णता दिंदै विभिन्न उपसमितिका संयोजकहरु पनि तोकेको हो ।
सगरमाथा साहित्य प्रतिस्ठानको गत १५ फेब्रुअरीमा भएको अधिबेशनले जीवित खड्का मगरलाई केन्द्रीय अध्यक्षमा चयन गरिसकेको छ । नवनिर्वाचित अध्यक्ष खडकाको सभापतित्वमा बसेको बैठकले केन्द्रीय उपाध्यक्षमा सरु सितल राई, महासचिबमा डिजि शर्मा, सचिवमा डिएल घिमिरे, सहसचिबमा सुजन सुजन सिरेन चाङ्वाङ्, कोषाध्यक्षमा चन्द्र सम्बाहाम्फे र सदस्यहरुमा कृष्ण घिमिरे, सुमित्रा सुमी, राज यात्री लम्साल, युवराज खतिवडा, नवराज ढकाल, रोहित कुँवर, जीरन थुलुङ, अमृता बान्तवा, शम्भु अर्याल ( पदेन सदस्य, गन्डकी शाखा अध्यक्ष ) र मोहन तरामु मगर ( पदेन सदस्य ) नियुक्त गरेको छ ।
यस्तै निवर्तमान अध्यक्ष कृष्ण बिश्वकर्मालाई केन्द्रीय कार्यसमितिको विशिष्ट सदस्यको रुपमा मनोनित गरिएको छ ।

बैठले विभिन्न उपसमिति र तिनका संयोजकहरु पनि चयन गरेको छ । कला/साहित्य प्रमुखमा दीपराज नेयोङ्हाङ, भाषा तथा साहित्य विभाग प्रमुखमा खगेन्द्र समरस, सूचना/सञ्चार विभाग प्रमुखमा अजित क्षेत्री, अर्थ विभाग प्रमुखमा शिशिर दूरबस्तीको र प्रबक्तामा राजेशराज गड्तौलालाई चयन गरेको छ ।
संस्थाको अनुशासन कमिटिको संयोजकमा निबर्तमान अध्यक्ष कृष्ण बिश्वकर्मालाई चयन गरेको छ ।

यस्तै अमेरिका निवासी राखी गौचनलाई संस्थाको अन्तर्राष्ट्रिय शाखा बिस्तारका लागि संयोजक नियुक्त गरिएको संस्थाका केन्द्रीय अध्यक्ष जीबित खड्का मगरले जानकारी दिएका छन् ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ three = 2