नेपाल तामाङ घेदुङ इजरायलको सातौं अधिवेशन सम्पन्न अध्यक्षमा पेमा लामा पाख्रिन चयन !

इजरायल बिसेष समाचार

तीनजुरे अनलाइन ।
नेपाल तामाङ घेदुङ इजरायलको सातौं वार्षिकोत्सव तथा एकता दिवस अधिवेशन गत नोभेम्बर १९ तारिख शुक्रबारका तेलअबिबमा सम्पन्न भएको छ ।

कार्यक्रम संस्थाकी अध्यक्ष सिता कुमारी घिसिङ्ग सभापति रहेको उक्त कार्यक्रम  तेलअबिबको लेबेंनस्की ९९ मा साझ ६ बजे देखि सुरु भएको हो
नेफिन इजरायलकी अध्यक्ष मिङ्ग्मार शेर्पाको प्रमुख आथित्य तथा एन आर एन ए इजरायल साथै धर्म गुरु थुप्तेन लामा साथै इजरायलमा क्रियासिल संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिको उपस्थीति रहेको थियो |

नेपाल तामाङ घेदुङ इजरायलको सातौं वार्षिकोत्सव तथा एकता दिवस अधिवेशनबाट पेमा लामा पाख्रिनको अध्यक्षतामा २३ कार्यकारिणी सदस्यको नयाँ कार्यसमिति (२०२१ -2022 गठन भएकोछ ! जसमा अध्यक्ष तामाङसहित बरिष्ठ उपाध्यक्ष एलिजा दोङ तामाङ, उपाध्यक्षहरु शंकर गोले तामाङ, रोजि मोक्तन तामाङ, गिता घिसिङ तामाङ, आङनिमा तितुङ तामाङ, मदन नेगि तामाङ, महासचिव -निङमा घिसिङ तामाङ, उपमहासचिव कुमारी गल्देन तामाङ, सचिब- सुनिल रुम्बा तामाङ, कोषध्यक्ष अनु स्यङतान तामाङ र सह कोषाध्यक्ष एजिना घिसिङ तामाङ चयन भएका छन् ।

यसैगरी कार्यसमितिको सदस्यहरुमा दिवस घिसिङ तामाङ, सुनिमाया तामाङ, पासाङ ल्ह्मु तामाङ, फुर्बा लोप्चन तामाङ, लिलावाती तामाङ लिजा तामाङ, बिजेयेता तामाङ, रन्जना ग्यबाक तामाङ, बिना तामाङ, निमा खेण्डो तामाङ र जिम्बा माया तामाङ रहेका छन् ।

यसैगरी प्रमुख सल्लाहकार सीता घिसिङ तामाङ,सल्लाहकारहरुमा सुनिता मोक्तान तामाङ,सारा लामा तामाङ,छिरिङ रुम्बा तामाङ र नानीमाया योन्जन तामाङ रहेका छन् ।

संरक्षक तर्फ परिषदका सदस्यहरुमा बीबी लामा योन्जन तामाङ, सुन्दर सिंह योन्जन तामाङ, उर्मिला पाखरिन तामाङ, कल्पना मोक्तान तामाङ, माया (दीप्मा)मोक्तान तामाङ र अनिला मोक्तान तामाङ रहेका छन् । कार्यक्रममा संस्थाको प्रतिवेतन महासचिव निङमा घिसिङ तामाङ र आङनिमा तितुङ तामाङले आर्थिक प्रतिवेतन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि मिङमार शेर्पा, घेदुङ इजरायलका संरक्षक परिषदका सदस्यहरु सुन्दरसिंह लामा योन्जन तामाङ लगायतले शुभकामना मन्तव्य राखेको निर्वाचन समिती संयोजक- माया(दीप्मा ) मोक्तान तामाङले जानकारी दीएकी छन् |

नेपाल तामाङ घेदुङ इजरायल नेपाली तामाङ समुदायको राष्ट्रिय जातीय भाषा, भेषभुषा,धर्म,कला, रितिरिवाज,लिपि,मौलिक, संस्कार, संस्कृतिलाई संरक्षण र सम्बर्द्धन गर्ने गराउने मुख्य लक्ष्यका साथ, इ स २०१४ मा स्थापना भएको हो |

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

94 − eighty four =