नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा चित्र जुग्जाली मगर चयन

इजरायल बिसेष

नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा चित्र जुग्जाली मगर चयन भएका छन् !

गत जुलाई १२ तारिख शुक्रबार इजरायलको तेलअभिवमा सम्पन्न संघको छैटौ अधिवेशन तथा साधारण सभाले चित्र मगरको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

नेपाल आदिवासि जनजाती महासंघ इजरायलकी अध्यक्ष मनु श्रेष्ठको प्रमुख आतिथ्य तथा इजरायलमा रहेका विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतीनिधि मिडियाकर्मी लगायतको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष चित्र मगर त्यस्तै समितिको उपाध्यक्षहरुमा बिवस मगर, माया आले मगर, जमुना थापा मगर, माया आले, महासचिवमा काशिराम आले मगर, सचिवहरुमा सुनील आले, जेनि बुढा मगर, नकुल लामिछाने मगर, उमेश मगर, माया थापा मगर, स्यारोन मगर, प्रदिप श्रीस चयन भएका हुन ।त्यस्तै कोषाध्यक्षमा धर्मेन्द्र पुन मगर, सह कोषाध्यक्षमा भिमा पुर्जा मगर, साथै साँस्कृतिक संयोजकमा सिमोन पुर्जा मगर र खेलकुद संयोजकमा बिजय पुन मगर चयन भएका छन् ।

अधिवेशन तथा साधारण सभामा इजरायलमा सक्रिय विभिन्न जातिय र सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, राजनैतिक संगठनका प्रमुख तथा प्रतिनीधिहरुका साथै शुभचिन्तक तथा शुभेच्छेकहरुको उपस्थिति रहेको थियो । अधिवेशन तथा साधारण सभामा मगर समुदायको सांस्कृतिक प्रस्तुती सहितको विविध सांस्कृतिक प्रस्तुति र पिकनिक कार्यक्रम पनि रहेको थियो ।

मगर जातीको भेषभुषा, भाषा,धर्म, संस्कृतिको संरक्षण एवं विश्व भरिका मगरहरुको एकता अहिलेको आवश्यकता भन्ने मूल नाराका साथ
सन् २०१३ मा इजरायलमा स्थापना भएको हो !

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × = fifteen