किरात याक्थुङ चुम्लुङ इजरायलको सातौं अधिवेशन साथै दशौ बार्षिकोत्सव कार्यक्रम हुदै !

इजरायल बिसेष

तिनजुरे अनलाइन !
किरात याक्थुङ चुम्लुङ, इजरायलको सातौं अधिवेशन साथै दशौ बार्षिकोत्सव कार्यक्रम अप्रिल १४ तारिख शुक्रबार सम्पन्न हुने भएको छ !

तेलअभिबको लेबेन्स्कि ९९ (८ तला) मा सांझ ७:३० बजे देखि सुरु हुने उक्त अधिवेशन तथा बार्षिकोत्सव कार्यक्रममा सहभागि भइ कार्यक्रमकाे शाेभा बढाइदिनुहुन इजरायलवासी साथै कियाचु इजरायलका समर्थक एवं शुभचिन्तक सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा निमन्त्रणा गरेको छ !

साधारण सभाका लागी संस्थापक अध्यक्ष प्रताप मादेनकाे संयाेजक्वत्वमा ११ जनाको निर्वाचन समिति गठन गरिएको अध्यक्ष नुमा काङवा बोखिमले जानकारी दीएकी छन ! त्यस्तै इजरायलमा रहनुभएका याक्थुङ दाजुभाई तथा दिदीबहिनीहरुले कियाचु इजरायलको कार्यसमितिमा सहभागी हुन इच्छा भए आउदो मार्च ३० तारिख २०२३, अपरान्ह ४ बजे भित्र निर्वाचन समिती संयोजक प्रताप मादेनलाई सम्पर्क गर्न सकिने बताईएको छ !

किरात याक्थुङ चुम्लुङ याक्थुङ (लिम्बु) समुदायकाे भेषभुषा, भाषा, लिपि, कला, संस्कार संस्कृति र परम्पराहरूलाई संरक्षण तथा सम्बर्द्वन गर्ने उदेश्यले दश बर्षअघि इजरायलमा स्थापना भएको हो !

 

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 5 = thirty five