समृद्ध नेपाल निर्माणमा एनआरएनएको भुमिका बिषयमा वक्तृत्वकला हुदै बिजेताले २ लाख नेपाली प्राप्त गर्ने !

इजरायल बिसेष

काठमाडौं ।
एनआरएनए इजरायलको आयोजनामा समृद्ध नेपाल निर्माणमा एनआरएनएको भुमिका कस्तो रहनु पर्छ भन्ने बिषयमा युरोपस्तरीय वक्तृत्वकला प्रतियोगिता हुने भएको छ !


आउदो २० अक्टोबरमा जुम भर्चुअल मार्फत हुने प्रतियोगितामा सहभागी हुन चाहनेहरूले १३ अक्टोबरसम्ममा आवेदन दिन सक्ने महासचिव अलि मीयाले जानकारी दीएका छन्।

खुला प्रतिस्पर्धाका लागि युरोप देखी २० युरो इजरायल देखी ५० सेकेल दर्ता शुल्क तोकिएको र यस प्रतियोगितामा युरोप क्षेत्रका राष्ट्रिय समितिहरूको सिफारिसको आधारमा पहिला दर्ता गर्नेलाई प्राथमिकता दिने आयोजकले जनाएको छ।

प्रतियोगितामा प्रथम हुनेलाई २ लाख रुपैयाँ, दोस्रो हुनेलाई १ लाख ५० हजार रुपैयाँ र तेस्रो हुनेलाई १ लाख रुपैयाँ नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने बताईएको छ ।

यस्तो छ सुचना !
सुचना ! सुचाना !! सुचना !!!

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायल “NRN दिवस” तथा नजिकिदै गरेका नेपाली मौलिक चाडबाडहरु वडा दशै , दिपावली, म्ह:पुजा तथा छठपर्वको अवसर पारी आगामी २० अक्टुवर २०२४ आइतवारका दिन युरोप क्षेत्रमा कार्यरत नेपाली दाजुभाई दिदीबहिनीहरुको कला एवं प्रतिभा उजागर गर्दै युरोप क्षेत्रमा रहेका राष्ट्रिय समन्वय परिषदहरु विचको सम्बन्ध र सहकार्यलाई वृद्दि गर्ने उद्देश्यले भर्चुअल अनलाइन “युरोप क्षेत्र स्तरिय वक्तृत्वकला प्रतियोगिता” को आयोजना गर्न गईरहेकोले इजरायल लगायत युरोप क्षेत्रका विभिन्न देशहरुमा वैदेशिक रोजगारी, अध्ययन, व्यवसाय लगायत विभिन्न शिलशिलामा बसोवास गर्नुहुने सम्पूर्ण। गैर आवासिय नेपाली दिदिबहिनी तथा दाजुभाईहरुलाई सहभागिताका लागि हार्दिक आव्हान गर्दछौ ।

पुरस्कार राशी
 प्रथम पुरस्कार : रु 2,00,000/-
 द्वितीय पुरस्कार : रु 1,50,000/-
 तृतीय पुरस्कार : रु 1,00,000/-

o कार्यक्रम संचालन मिति : २० अक्टोबर २०२४
o समय : नेपाली समय बेलुकी ठिक ५:०० बजेबाट
o जुम भर्चुअल अनलाइन
o आवेदन दर्ता अन्तिम : मिति: १३ अक्टुवर २०२४

नोट : कार्यक्रम कार्यविधि, प्रतियोगिताका शिर्षक, नियम र अन्य आवश्यक जानकारीहरु क्रमश: आगामी सुचनाहरुबाट अद्यावधिक गर्दै जाने सम्वन्धित सबैमा जानकारी गराइन्छ ।

विस्तृत जानकारीका लागि :
इजरायल वाहिरबाट सम्पर्क गर्दा उल्लेखित नम्वनरहरुमा whatsapp वा nrna ncc, Israel को आधिकारिक फेसवुक पेज, म्यासेन्जर वा इमेल ठेगाना मार्फत गर्न सकिने छ । अलि महम्मद मियाँ
महासचिव
एनआरएन – एनसीसी इजरायल ।

 

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− four = two