नेहा मन्जु गुरुङ फाउण्डेसनद्वारा जन्म दिनको अबसरमा ल्यापटप प्रदान !

इजरायल बिसेष

इजरायल
नेहा मन्जु गुरुङ फाउण्डेसनले द्वारा झापा मेचीनगर १बाहुनडाँगी मा रहेको श्री महेश्वर सुरेश्वर मातृछायाँ गुरुकुलम लाइ १थान ल्यापटप (कम्प्युटर) सहयोग गरिएको छ।

श्री महेश्वर सुरेश्वर मातृछायाँ गुरुकुलमा बस्ने बाल बच्चाहरुको लागि आधुनिक शिक्षामा मद्दत पुग्ने हेतुले आफ्नो जन्मदिनको अबसरमा रु. ५५,०००( पचपन्न हजार) को एचपी ल्यापटप मोरङ गोठगाउँ निवासी अञ्जना भट्टराई मार्फत संस्थाका गुरुहरुलाई हस्तान्तरण गरिएको गुरुङले जानकारि दीएकी छन ।

श्री सत्य साइ सेन्टर इजरायलकी अध्यक्ष समेत रहेकी नेहा मंजु गुरुङ बिगत लामो समय देखि सामाजिक कार्यमा समर्पित रही आध्यात्मिक व्यक्तित्व समेत हुन्।

त्यस्तै श्री सत्य साइ सिमलचौर सेन्टर पोखराकि संस्थापक अध्यक्ष, नेहा मंजु फाउण्डेसनकि संस्थापक अध्यक्ष नेहा गुरुङले नेहा मंजु फाउण्डेसन मार्फत सयौं रोगि दुखि पिडितलाइ आर्थिक सहयोग गर्नुको साथै दर्जनौ अनाथ आश्रमहरुमा आर्थिक, खाद्यान्न, शैक्षिक सामग्री, लत्ता कपडा लगायातका सामग्रीहरु सहयोग गर्दै आएको छ।

नेपाल गएर चाडैं दर्ता गरिने यस फाउन्डेसनले
भाबि दिनमा समेत समाजसेवामा निरन्तर लागिरहने र दुखि पिडितको सेवामा लागि रहने अध्यक्ष नेहा मंजु गुरुङले जानकारी दीएकी छन !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ eighty eight = eighty nine