नेपाली र भारतीय क्लब बिच नयाँ वर्ष २०७६ मा इजरायलमा फुट्सल प्रतियोगिता हुने

इजरायल बिसेष समाचार

इजरायल | नयाँ वर्षको अवशर पारेर इजरायलमा स्थापित नेपाली र भारतीय फुटवल क्लब बिच फुट्सल प्रतियोगिता हुने भएको छ ।

यहि अप्रिल १२ मा इजरायलको तेलअविभ स्थित लेविन्सकी फुट्सल ग्राउण्डमा हुन् गईरहेको उक्त प्रतियोगितामा नेपाली र भारतीय गरी ८ टिमले सहभागी जनाउने आयोजकले बताएको छ ।

बिगत २/३ वर्षबाट हरेक नयाँ वर्ष तथा नेपाली विभिन्न पर्वहरुको अवशर पारेर निरन्तर आयोजना गरिदै आएको फुट्सल तथा फुटवल प्रतियोगिता यो पल्ट पनि त्यसैलाई निरन्तरता दिईएको हो ।

खेलकुद प्रेमी युवा समूहद्वारा आयोजना गर्न लागिएको यस पल्टको प्रतियोगितामा एनआरएनए इजरायल, इस्ट स्पोर्टिंग, सम्सरा, कायापलट, केवाईसी रातो, केवाईसी निलो र भारततिय दुई टिम दार्जिलिंग युनाइटेड र गोवा फुटवल टिमले सहभागी जनाउने भएका छन् ।

निरन्तर कामको थकान मेट्न अनि एक आपसमा बैचारिक, सदभाव तथा स्वास्थ्यका लागी फुस्टल भन्ने मुख्य नारा लिएर आयोजना गर्न लागिएको प्रतियोगिताले एक आपसमा भाइचार बढाउने कुरामा ढुक्क रहेको आयोजक समितिका संयोजक तथा पुर्व राष्ट्रिय खेलाडी सुन्दर नेपालले जनाएका छन् ।

नेपालका अनुशार प्रतियोगितामा विजेता, उपविजेता टिमलाई नगद पुरस्कार, ट्रफी, मेडल प्रमाणपत्र प्रदान गरिने भएको छ ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirty eight − thirty six =