
८ बैशाख । ताप्लेजुङको फुङलिङ काफ्ले पाटी सडकखण्डको सेवारोचोकमा गुडिरहेको गाडीमा आगलागी हुँदा चारजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सवारी चालक फुङ्लिङ नगरपालिका १० फुरुम्बुका दुर्गा भट्टराई ,झापा भद्रपुरका विनोद पौडेल र निजकै श्रीमती सरिता पौडेल र ललितपुरकी आध्या आचार्य रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतले बताउनुभयो। गाडीमा सवार ललितपुरकी सबिना आचार्य र उनको छोरा भबिन आचार्य को अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ। ताप्लेजुङ
फुङ्लिङबाट पाथिभारा दर्शनका लागि जाँदै गरेको मे १ च ३०११ नम्बरको बुलेरो बिजुलीको पोलबाट खसेको देखी आगलागी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी रवि रावलले बताउनुभयो।उनीहरुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको र थप उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी रहेको बताइएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरिक्षक रबि रावलको नेतृत्वमा १५ जनाको टोली परिचालित रहेका छन् । घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ ।