नेपाल तामाङ घेदुङ इजरायलको आयोजनामा मंगोलियन हार्ट लाईभ ब्याण्ड सांगितिक कार्यक्रम सम्पन्न (भिडीयो सहित )

समाचार

 

तेलअविव – नेपाल तामाङ घेदुङ इजरायलको  तामाङ शैक्षिक कोष अभिवृद्धि गर्ने मुख्य उद्धेश्यका साथ् आयोजित मंगोलियन हार्ट लाईभ ब्याण्ड सांगितिक कार्यक्रम २०२२ गत शुक्रबार भव्य रुपमा सम्पन्न भएको छ |

संस्थाकी अध्यक्ष पेमा लामा पाख्रिन तामाङको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली दुतावास इजरायलका महामहिम राजदुत कान्ता रिजाल ,बिशेष अतिथिहरुमा नेपाल तामाङ घेदुङ,केन्द्रिय सदस्य सुन्दर सिंह लामा तामाङ(इजरायल),धर्मगुरु लामा थुप्तेन योन्जन तामाङ,नेफिन अध्यक्ष नानीमाया योन्जन , एनआरएनए इजरायल अध्यक्ष गणेश गिरी ,एनआरएनए आईसीसी सदस्य बिशाल ज्ञवाली (इजरायल) लगायत र इजरायलस्थित विभिन्न संघसंस्थाका अध्यक्ष , मिडियाकर्मी र फोटोग्राफरहरु अतिथ्या रहेका थिए |

कार्यक्रम संयोजक बी बी लामा तामाङले तामाङ शैक्षिक कोष अभिवृद्धि गर्ने मुख्य उद्धेश्यका साथ् आयोजित कार्यक्रममा सहभागी हुनुभएका सम्पूर्ण महानुभावहरुलाई अभिवादन गर्दै स्वागत मन्तव्य राखेका थिए | हाल तामाङ शैक्षिक कोष (इजरायल) मार्फत छ जना बिधार्थीभाइबहिनिहरुलाई निरन्तर छात्रवृद्धि प्रदान गर्दै आईरहेको अवगत गर्दै भविष्यमा यसलाई अझ व्यवस्थित गर्दै स्वदेश र विदेशमा रहेका संघसंस्था सबैलाई आवद्ध गर्दै राष्ट्रिय स्तरको केन्द्रीय तामाङ शैक्षिक कोष स्थापन गर्न केन्द्रीय तामाङ घेदुङकोअगुवामा छलफल भईरहेको जानकारी दिनु भएको थियो | साथै तामाङ शैक्षिक कोष अविवृद्धि गर्न आयोजित कार्यक्रम सहयोग गर्नु हुने महानुभावहरुलाई आउँदो सोनाम ल्होछार कार्यक्रममा सम्मान गरिने बताउनु भएको थियो |

कार्यक्रम प्रमुख अतिथि महामहिम कान्ता रिजालले शिक्षा नै महत्वपूर्ण क्षेत्र भएकोले आर्थिक स्थिति कमजोर ,जेहेन्दार,टुहुरा बिधार्थीहरुलाई छात्रवृद्धि प्रदान गर्ने उद्धेश्य सहित सांगेतिक कार्यक्रम आयोजन गरेकोमा आयोजक संस्थालाई धन्यवाद व्यक्त गर्नु भएको थियो |

बिशेष अतिथि सुन्दर सिंह लामा तामाङले केन्द्र घेदुङले राष्ट्रिय स्तरको तामाङ शैक्षिक कोष स्थापना गर्न पहल गरि रहेको बताउनु भएको थियो |

हाउसफूल सहित दर्शकहरु रहेको कार्यक्रममा करिव दुईघण्टा सम्म निरन्तर लोकप्रिय गायक राजु लामा स्वरमा मंगोलियन हार्ट लाईभ ब्याण्ड सांगितिक कार्यक्रम प्रस्तुत गरेका थिए |

विश्व जलवायु परिवर्तन विषयक जनचेतना सन्देश मुलुक अभियान लिएर विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुका साथै ६५७४ मिटरको उचाइमा एकल साङ्गीतिक कार्यक्रम सम्पन्न गर्दै विश्व किर्तिमान गर्नु भएकोमा मंगोलिय हार्ट व्याण्डका लोकप्रिय गायक तामाङ समुदाय, नेपाल र नेपालीको पहिचानको गौरव राजु लामालाई साहसिक प्रतिभाको उच्च कदर गर्दै सम्मान पत्र सहित तामाङ पहिचान घालेक “दोसाल्ला ” ओढाएर सम्मानित गरेका थिए |

नेपाली सांगीतिक क्षेत्रमा तीनदशक अविरलरुपमा नेपाली मौलिक गितसंगितलाई अथाह टेवा दिदै सुमधुर गला र कलाको माध्यमबाट विश्वभरि रहेका करोडौ नेपालीहरुको मन जित सफल प्रतिभाशाली कलाकारहरुको समुह लोकप्रिय सांगेतिक ब्याण्ड “मंगोलियन हार्ट “का गायक (Vocalist) राजु लामा,ब्याण्ड मेनेजर तथा गितारवादक(Band Manager & Guitarist) बबी लामा,गितारवादक (Guitarist) किरण नगरकोटी,ड्रमर वाद्यवादक(Drummer) सन्तोष थापा,बेस गितारवादक(Bass Guitarist) पवन कपाली,
बाँसुरीवादक(Flutist) विनय महर्जन,मादलवादक(Percussion) बाबुराजा महर्जन र साउण्ड इन्जिनियर (Sound Engineer) आशिष अवालेलाई वहाँहरुको प्रतिभाको कदर गर्दै सम्मान पत्र द्वारा सम्मानित गरेका थिए |

यसैगरि नेफिन इजरायलले मंगोलियन हार्ट ब्याण्डलाई सम्मान पत्र द्वारा सम्मान गरेका थिए |

कार्यक्रमको सभापति पेमा लामा पाख्रिनले कार्यक्रम सफल पार्न सहभागी सम्पूर्ण महानुभावहरु लगायत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद व्यक्त गरेका थिए |

कार्यक्रम संस्थाकी उपमहासचिव कुमारी गल्देन तामाङले कुशलतापुर्वक संचालन गरेका थिए      

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixty six ÷ = eleven