सगरमाथा टिम बन्यो क्याच एन्ड सर्ब बल टुनामेन्ट २०२६ को बिजेता

खेलकुद

तिनजुरे अनलाईन

मनास्लु महिला क्षमता विकास केन्द्रको आयोजनामा  गत माघ १७ गते शनिवार गोकर्णेश्वर नगरपालिका ४ को लाइट एकेडेमिमा सम्पन्न जिल्ला स्तरीय क्याच एन्ड सर्ब बल टुनामेन्ट २०२६ को बिजेता सगरमाथा टिम पहिलो बिजेता भएको छ !

उक्त प्रतीयोगिताका प्रमुख अतिथी नगर प्रमुख दीपक कूमार रिसाल विशिष्ट अतिथिहरू युवा तथा खेलकूद समिति अध्यक्ष संजय लामा , विशेष अतिथि गोपन वाडा- ४,अध्यक्ष जयराम महत नगर प्रमुख एवं महिला संजाल अध्यक्ष शान्ती नेपाल टोखा टिम एबं अधिवक्ता सुशीला श्रेष्ठ अतिथिहरू क्रिएटिव सरसफाई प्रा.लि.का निर्देशक बाबुरमान तामाङ ,तालिङ्चोक युवा क्लबको अध्यक्ष श्याम कुमार श्रेष्ठ ,रहनु भएको थियो !

त्यस्तै गोजुरियो कराटे दो संघ अध्यक्ष युवराज लामा , जनसुधार टोल विकास समाज अध्यक्ष उत्तम कुमार दाहल ,कम्पास बचत तथा ऋण सहकारी सस्था लिमिटेड कि प्रबन्धक तारा घले ,शेर्पा सेवा समाज गोकर्णेश्वर को अध्यक्ष आंङकाजी शेर्पा उद्यमशील महिला समूह अध्यक्ष प्रमिला शेर्पा ,टोखा उद्यमी बहुउद्देशीय सहकारी लिमिटेड अध्यक्ष सत्यदेबी डंगोल,पारिजात समूह मक़लबारिका आमाहरू,लघु उधम महिला समाज टोखा की अध्यक्ष संगीता महर्जन लगायत अतिथि रहनु भएको थियो !

कार्यक्रम संचालन कार्यबाहक महासचिव तथा उक्त प्रतीयोगिताकी रेफ्री निर्मला गुरुङले संचालन गर्नु भएको थियो भने प्रतीयोगिता कार्यबाहक सभापति तथा कोच पेम्बा डोल्मा ह्योल्मोको सभापतित्वमा सम्पन्न भएको थियो

“खेलमा समानता,स्वास्थको लागि खेल,चूला चौका देखि अन्तराष्ट्रीय खेल मैदान सम्म “भन्ने मूल उद्देश्य लिएर पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा अन्नपूर्ण टिमले दोश्रो स्थान हासिल गरेको छ भने तेस्रोमा लुजा टिम रहेको छ !

गोकर्णेश्वर नगरपालिकाको प्रायोजकमा
सम्पन्न भएको उक्त प्रतीयोगितामा सगरमाथा ,अन्नपूर्ण ,मकालु गौरीशंकर, लइ लामा,लुजा ग्रुप लगायतका ६ वटा टिम सहभागी रहेका थिए !

उक्त प्रतीयोगितामा पहिलो दोश्रो र तेस्रो हुने टिमले -ट्रफ़ी मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो साथै बेस्ट प्लेयरको रुपमा मकालु टिम क्याप्टेन मेनुका थेबे लिम्बु लाई ट्रफि प्रदान गरिएको थियो!

उक्त प्रतीयोगिताको पहिलो बिजेता टिम सगरमाथा फोटोफिचर 

दोश्रो बिजेता टिम अन्नपूर्ण फोटो फिचर

तेस्रो बिजेता टिम लुजा टिम फोटो फिचर


बेस्ट प्लेयर मेनुका थेवे

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighty six − = eighty three