नेपाली राज दूतावास इजरायलको आयोजना तथा खेलकुद युवा संघ इजरायलको सहआयोजनामा इजरायलमा खेलकुद प्रतियोगिता हुने!

इजरायल बिसेष खेलकुद

तिनजुरे अनलाइन!
अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा इजरायलमा खेलकुद प्रतियोगिता हुने भएको छ । यही आउँदो मे १३ र १४ तारिखका दिन  फुटबल, भलिबल र मामानेट प्रतियोगिता आयोजना गरिएको खेलकुद युवा संघ इजरायलले जनाएको छ ।

प्रतियोगिता नेपालीराज दूतावास इजरायलको मुख्य आयोजना र खेलकुद युवा संघ इजरायलको संयोजनमा हुन लागेको हो !

आयोजकले गत शुक्रबार तेलअभिबको लेबनिस्कीमा पत्रकार सम्मेलन गर्दै उक्त प्रतीयोगितामा आबद्ध खेलकुद टिम साथै  पुरस्कार राशी सार्बजनिक गरेको छ !

आबद्ध टिमहरुमा केवाइसी फूटबल क्लब, राइजिङ स्टार ब्ल्याक ,राइजिङ स्टार रेड,दार्जिलिङ युनाइटेड ,हाइफा टाइगर,हर्चियोन जे सेभेन लगायतका फूटबल क्लब आबद्ध रहेका छन ! भलिबल तर्फ मगर संघ (A)मगर संघ (B)केवाइसी,कायापलट,एस बि स्कलर्स,दार्जिलिङ युनाइटेड ,केराला भारत, लगायतका टिम सामेल हुने छन !
त्यस्तै मामानेन्ट तर्फ युनाइटेड नेपाल (1)
युनाइटेड नेपाल (2)मगर संघ लगायतको सहभागीता रहेको छ !

उक्त प्रतीयोगिताको बिजेताले  फूटबल तर्फ प्रथम हुनेले पाँच हजार सेकेल  ट्रफी मेडल र प्रमाण पत्र त्यस्तै
दोस्रो हुनेले नगद २५०० सेकेल ट्रफि मेडल र प्रमाण पत्र ,  भलिबल तर्फ प्रथम   पैतिस सय सेकेल ट्रफि मेडल र प्रमाण पत्र , दोश्रो  नगद २ हजार सेकेल, मामामेन्ट तर्फ पहिलो हुनेले नगद २ हजार सेकेल ट्रफि मेडल र प्रमाण पत्र साथै दोश्रो १ हजार सेकेल ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्ने कुरा सहआयोजक संस्थाका सदस्य कुमार आङदेम्बे  (अभी)ले जानकारी दीएका छन !

सो प्रतियोगितालाई सफल बनाउनको निमित्त इजरायलमा स्थापित राजनीतिक, सामाजिक, धार्मिक, सांस्कृतिक संघ संस्था, मिडियाकर्मी, बुद्धिजीवी, समाजसेवी तथा खेलकुदप्रेमी महानुभाव हरुलाइ अपिल समेत गरेको छ !

यस्तो छ खेलको तालिका :                            

१. फुटबल (पुरुष) : 7side – wolfson hospital, holon grass ground, मे १३ तारिख, शुक्रबार
२.भलिबल (महिला/पुरुष) : तेल अविव पार्क, मे १४ तारिख, शनिवार
३. मामानेट (महिला) : तेल अविव पार्क, मे १४ तारिख, शनिवार

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− one = 6