तिनजुरे अनलाइन
क्याच एन्ड सर्भ बल नेपालको प्रथम वार्षिकोत्सव तथा साधारण सभा आउदो साउन ३० गते बिहान १० बजे राष्ट्रिय चलचित्र बिकास बोर्ड हल, चाबहिल, काठमाडौं सम्पन्न हुने भएको छ !
खेलमा समानता र स्वस्थ जीवनका लागि खेलकुद – चुलोचौकादेखि अन्तर्राष्ट्रिय खेल मैदानसम्म”भन्ने मुल नाराका साथ ICSBF (International Catch’n Serve Ball Sports Federation) अन्तर्गत सन् २०२५ मा स्थापित मनास्लु महिला क्षमता विकास केन्द्रद्वारा सञ्चालित Catch’n Serve Ball Nepal ले महिलाहरूको शारीरिक, मानसिक, सामाजिक तथा नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यका साथ खेलकुद, प्रशिक्षण तथा विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।
स्थापना भएको एक वर्ष पूरा भएको अवसरमा प्रथम वार्षिकोत्सव तथा साधारण सभा–२०८३ आयोजना गरिएको अध्यक्ष कादम्वरि दाना श्रेष्ठले जानकारी दिनु भयो !
कार्यक्रममा सामाजिक, राजनीतिक, धार्मिक, साहित्यिक तथा विभिन्न संघ–संस्था, सञ्चारकर्मी, बुद्धिजीवी, खेलप्रेमी, खेलाडी दिदीबहिनी तथा दाजुभाइहरू, विभिन्न पेशा तथा व्यवसायमा आबद्ध सफल व्यक्तित्वहरू एवं सम्पूर्ण शुभेच्छुक महानुभावहरूलाई उक्त कार्यक्रममा गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा समेत गरिएको अध्यक्ष श्रेष्ठले बताउनु भयो !
क्याच एन्ड सर्भ बल एक बर्षको अन्तरालमा
नेपालका धेरै ठाँउमा साखा बिस्तार गरेको छ भने भर्खरै पुर्बको इटहरिमा समेत साखा बिस्तार गरेको छ !

